२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल नर्सिङ पेशाकर्मी संघको अध्यक्षमा प्रा. चन्द्रकला शर्मा

नेपाल नर्सिङ पेशाकर्मी संघको अध्यक्षमा प्रा. चन्द्रकला शर्मा


काठमाडौं—नेकपा एमाले निकट नर्सहरुको संगठन नेपाल नर्सिङ पेशाकर्मी संघको अध्यक्षमा प्रा.चन्द्रकला शर्मा चयन भएकी छन् । शनिबार काठमाडौंमा भएको संघको पहिलो सम्मेलनले शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा भगवती भण्डारी, तुलसा अधिकारी र अयोध्या पाठक चुनिएका छन् । महासचिवमा यमुना पौडेल र सचिवमा हरिप्रसाद कोजु, कविता पाण्डे र बिनु बज्राचार्य चयन भएका छन् ।

यसैगरी, कोषाध्यक्षमा सोचना सापकोटा निर्वाचित भएकी छन् । सम्मेलनले तीन वर्षका लागि ५१ सदस्सीय कार्यसमिति पनि सर्वसम्मत निर्वाचित गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ