२०८१ जेठ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदुई महिनामा १३ हजार ७ जनालाई डेंगु संक्रमण, १३ जनाको मृत्यु

दुई महिनामा १३ हजार ७ जनालाई डेंगु संक्रमण, १३ जनाको मृत्यु


काठमाडौं—दुई महिनामै १३ हजार ७ जनामा डेंगु संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १ साउनदेखि २ असोजसम्म १३ हजार ७ जनामा डेंगु संक्रमणबाट बिरामी भएका हुन् ।

अहिलेसम्म डेंगुबाट १३ जनाको मृत्यु भएको छ । एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा २०६१ सालबाट नेपालमा देखिन थालेको हो ।

त्यसयता हरेक वर्ष वर्षायाममा डेंगु देखिने गरेको छ । तर, यस पटक डेंगुले निकै प्रभावित गरिरहेको छ । डेंगुबाट सबैभन्दा बढी बागमती र त्यसपछि लुम्बिनी प्रदेश प्रभावित भएका छन् ।

तर, देशभर डेंगु फैलिएको छ । मन्त्रालयकाअनुसार आइतबारसम्म ७५ जिल्लामा डेंगुको संक्रमण फैलिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ