२०८१ वैशाख ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ९१ जनामा कोभिड-१९ संक्रमण, १६५ जना संक्रमणमुक्त

नेपालमा थप ९१ जनामा कोभिड-१९ संक्रमण, १६५ जना संक्रमणमुक्त


काठमाडौं—नेपालमा थप ९१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ९१ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा १ सय ६५ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८५ हजार ५ सय ६० पुगेको छ ।

नेपालमा बुधबारसम्म १ हजार ७ सय ४० सक्रिय केसहरु रहेका छन् ।

हालसम्म नेपालमा कोभिड-१९ बाट १२ हजार १६ जनाले ज्यान गुमाएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ