२०८१ वैशाख ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाली सेनाको स्काई ट्रकमार्फत डा. केसीलाई काठमाडौं लैजाने तयारी

नेपाली सेनाको स्काई ट्रकमार्फत डा. केसीलाई काठमाडौं लैजाने तयारी


धनगढी—चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राख्दैं अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं लैजाने तयारी भएको छ । मंगलबार डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दैं गएपछि सरकार काठमाडौं ल्याउने तयारीमा लागेको हो ।

अस्पतालले डा. केसीको शरीरमा रक्तचाप र अक्सिजनको मात्रा कम भएको, मांसपेशी सुक्दै गएको, पेटमा कडा खालको अल्सरको लक्षण देखा परेको, पोषण तत्व र पानीको मात्रा कम भएर जटिलता बढ्दैं गएको जनाएको छ ।

स्वास्थ्यमा जटिलता देखिएपछि गृह मन्त्रालयको पहलमा डा. केसीलाई काठमाडौं ल्याउन लागिएको हो । अहिले सेतीमा अस्पतालमा सुरक्षाकर्मी तैनाथ गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार केसीलाई काठमाडौँ लैजान गृह मन्त्रालयले नेपाली सेनाको स्काइ ट्रक पठाउने भएको छ। सोही ट्रकमार्फत उनलाई काठमाडौं लगिनेछ।

डा. केसीले अनशन सुरु गरेको मंगलबार नवौं दिन हो । यो अवधिमा सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका सचिवको संयोजकत्वमा स्वास्थ्य र शिक्षा मन्त्रालयका सचिव एवं नेपाल मेडिकल एशोसिएसनका प्रतिनिधी रहेको वार्ता वार्ता गठन गरेको छ ।

दुई चरणमा वार्ता भएपछि सरकारसँग डा. केसीको प्रतिनिधीमण्डलको सहमति जुट्न सकेको छैन ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ