२०८१ वैशाख ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडेंगुलाई नियन्त्रण गर्न सबैको सक्रिय भूमिका अपेक्षा गर्दछु : प्रधानमन्त्री

डेंगुलाई नियन्त्रण गर्न सबैको सक्रिय भूमिका अपेक्षा गर्दछु : प्रधानमन्त्री


काठमाडौं—प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड—१९ महामारीबाट पार नपाउँदैं मुलुकमा डेंगु संक्रमण बढेकोमा चिन्ता व्यक्त गरेका छन् । मंगलबार दिउँसो नेपाल चिकित्सक संघ (एनएमए)ले आयोजना गरेको दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलनको उद्घाटन गर्दै देउवाले डेंगुलाई नियन्त्रणमा ल्याउन सबैको सक्रिय भूमिका आवश्यक रहेको बताए ।

‘डेंगु रोगलाई नियन्त्रण ल्याउन तपाईहरु सबैको सक्रिय भूमिको अपेक्षा गर्दछु,’ उनले भने । नेपाल चिकित्सक संघले स्वास्थ्य क्षेत्रका विभिन्न क्षेत्रमा केन्द्रीत रहेर सम्मेलन आयोजना गरेकोमा उनले आफूलाई खुसी लागेको बताए ।

‘चिकित्साकर्मीहरुले सबभन्दा बढी महामारीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ,’ उनले भने, ‘आफ्नो ज्यानलाई जोखिममा राखेर सेवा गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु ।’

प्रधानमन्त्री देउवाले हाल कोभिड—१९ महामारीबाट पूर्ण मुक्त हुन नपाउँदैं पुनः डेंगु रोगको प्रकोपबाट पीडित हुन पुगेको उल्लेख गरे ।

एकपछि अर्को महामारीको सामना गर्नुपर्दा समग्र जनजीविका, सामाजिक र आर्थिक जीवन नराम्ररी प्रभावित भइरहेको प्रधानमन्त्री भनाइ थियो । उनले सरकारी स्वास्थ्य सेवा पूर्वाधारहरुको विस्तार र सुदृढीकरण गरी हाल देखिएका महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको बताए ।

यसका लागि उनले सरकारले सम्पूर्ण स्वास्थ्यकर्मी र चिकित्सकहरुको साथ पाउने विश्वास लिएको बताए । ‘सबैको समन्वयत्याक प्रयासबाट कोभिड र डेंगु नियन्त्रण गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सम्भव हुनेछ,’ उनले भने ।

नेपाल सरकारले सुरुदेखि जनस्वास्थ्य मापदण्डको निर्धारण, पालना, खोपलगायतका आवश्यक सामानहरुको आपूर्ति वितरण केन्द्रीत रहेको प्रधानमन्त्रीले बताए । उनले कोभिड—१९ र डेंगु रोगबाट संक्रमित व्यक्तिहरुको उपचार र व्यवस्थापनमा निरन्तर जोड दिदैं आएको उल्लेख गरे ।

‘कोभिड—१९ विरुद्धको खोपलाई प्राथमिकतामा राखेर सम्पूर्ण नागरिकहरुका लागि खोपको व्यवस्थापन गर्ने कार्यमा सरकार निरन्तर लागिरहेको छ,’ उनले भने, ‘हालसम्म करोडौं नागरिकहरु यसबाट लाभान्वित भइसकेको कुरा यहाँहरु सबैलाई अवगत नै छ ।’

उनले सम्मेलनमा हुने छलफलबाट निस्कने निष्कर्ष मुलुकको स्वास्थ्य क्षेत्रका लागि उपयोगी र सान्दर्भिक हुने विश्वास व्यक्त गरे । ‘सम्मेलनबाट निस्कने निष्कर्षले आगामी रणनीति तय गर्न महत्वपूर्ण टेवा पुग्ने विश्वास लिएको छु,’ देउवाले भने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ