२०८१ जेठ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. केसीलाई काठमाडौं ल्याउने सरकारी प्रयास असफल

डा. केसीलाई काठमाडौं ल्याउने सरकारी प्रयास असफल


धनगढी—चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने सरकारी प्रयास असफल भएको छ । स्वास्थ्य अवस्था जटिल बन्दैं गएपछि मंगलबार गृहमन्त्रालयले नेपाली सेनाको स्काई ट्रक धनगढी पठाएर काठमाडौं ल्याउन खोजेको थियो ।

तर, डा. केसीले सरकारी खर्चमा काठमाडौं फर्किन अस्वीकार गरेपछि उनलाई काठमाडौं ल्याउने प्रयास असफल भएको हो । उनलाई सरकारी टोलीले काठमाडौं जान आग्रह गरेपनि डा. केसीले आफूलाई जटिल समस्या नभएको भन्दैं जबरजस्ती नगर्न भनेका थिए ।

उनी अनशन बसेको ९ दिन पुगेको छ । सेती प्रादेशिक अस्पतालले डा. केसीको शरीरमा रक्तचाप र अक्सिजनको मात्रा कम भएको, मांसपेशी सुक्दै गएको, पेटमा कडा खालको अल्सरको लक्षण देखा परेको, पोषण तत्व र पानीको मात्रा कम भएर जटिलता बढ्दैं गएको जनाएको छ ।

स्वास्थ्य अवस्था जटिल बन्दैं गएपछि सोमबार अस्पतालले उनलाई सुविधासम्पन्न अस्पतालमा उपचार गराउन भनेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ