२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. केसी अनशनको १० औं दिनः उपचारका लागि श्री एयरलाइन्सबाट काठमाडौं लगियो

डा. केसी अनशनको १० औं दिनः उपचारका लागि श्री एयरलाइन्सबाट काठमाडौं लगियो


धनगढी—चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग गर्दै १० दिनदेखि धनगढी अनशनरत डा. गोविन्द केसीलाई बुधबार उपचारका काठमाडौं लगिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले श्री एयरलाइन्सको विमानमार्फत केसीलाई काठमाडौं लगिएको जानकारी दिए ।

मंगलबार सरकारले डा. केसीको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई ल्याउन नेपाली सेनाको स्काई ट्रक धनगढी पठाएको थियो । तर, उनी सरकारी खर्चमा काठमाडौं आउन अस्वीकार गरेका थिए । त्यसपछि उक्त स्काई ट्रक रित्तै फर्किएको थियो । डा. केसीलाई उनकै खर्चमा काठमाडौं लगिएको बताइएको छ ।

यसअघि २७ भदौंमा डा. केसी विभिन्न ७ बुँदे माग राख्दैं धनगढीको कृष्ण मन्दिरको धर्मशालामा अनशन बसेका थिए । त्यहाँ उनको स्वास्थ्य अवस्थ बिग्रिएपछि सेती प्रादेशिक अस्पतालमा लगेर उपचार थालिएको थियो । सेतीमा डा. केसीले चिकित्सकहरुले लिन भनेको मिनरल र पोषकतत्व लिन अस्वीकार गरेका थिए । उनले पानीमात्रै खाएका थिए ।

उनको स्वास्थ्य अवस्था जटिल भएपछि चार दिनअघि अस्पतालले काठमाडौंको टिचिङ अस्पतालका लागि रेफर गरेको थियो । तर, उनी काठमाडौं जान नमानेपछि अहिलेसम्म सेतीमै थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ