२०७९ असोज १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ६६ जनामा कोभिड-१९ संक्रमण, १३७ जना निको भए

नेपालमा थप ६६ जनामा कोभिड-१९ संक्रमण, १३७ जना निको भए


काठमाडौं—नेपालमा थप ६६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ६६ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा १ सय ३७ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८६ हजार ३२ पुगेको छ ।

मन्त्रालयकाअनुसार बिहीबारसम्म नेपालमा सक्रिय केसको संख्या १ हजार ४ सय ५ रहेको छ ।

हालसम्म नेपालमा कोभिड-१९ बाट ज्यान गुमाउनेको संख्या १२ हजार १६ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)