२०८१ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडेंगुबाट २७ जनाको मृत्यु, २१ हजार बढी संक्रमित

डेंगुबाट २७ जनाको मृत्यु, २१ हजार बढी संक्रमित


काठमाडौं—पछिल्लो समय प्रकोपका रुपमा फैलिएको डेंगुबाट २७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार शुक्रबारसम्म डेंगुबाट २७ जनाले ज्यान गुमाएका छन् ।

साउनयता मात्रै डेंगुबाट २१ हजार ३ सय ५२ जना संक्रमित भएका छन् । तीब्र रुपमा फैलिइरहेको डेंगु संक्रमण ७६ जिल्लामा पुगेको छ ।

डेंगुबाट सबैभन्दा प्रभावित बागमती प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् । बागमती प्रदेशमा १६ हजार २ सय ३६ जनामा डेंगु संक्रमण भएको छ भने लुम्बिनीमा २ हजार ७ सय ४३ जना डेंगुबाट संक्रमित भइसकेका छन् ।

यस्तै, अहिलेसम्म सुदूरपश्चि प्रदेशमा ७ सय ५८, प्रदेश नं. १ मा ५ सय ८५, गण्डकी प्रदेशमा ४ सय ९६, मधेश प्रदेशमा ३ सय ५ र कर्णाली प्रदेशमा २ सय २९ जना डेंगु संक्रमण भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार अहिले महाशाखाले १ सय ३९ स्थानीय तह, ६० जिल्ला र ७ वटै प्रदेशमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्नका लागि बजेट बिनियोजन गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ