२०८१ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४२.३२ प्रतिशत पास

नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४२.३२ प्रतिशत पास


काठमाडौं-नेपाल मेडिकल काउन्सिलको दर्ता (लाइसेन्स) परीक्षामा ४२.३२ प्रतिशत पास भएका छन् । शनिबार काउन्सिलले ६ देखि ८ असोजमा लिएको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

काउन्सिलकाअनुसार परीक्षामा ४२.३२ प्रतिशत उत्तीर्ण भएका छन् । काउन्सिलका रजिष्ट्रार कृष्णप्रसाद अधिकारीकाअनुसार एमबीबीएसतर्फ ४३ प्रतिशत र बिडिएसतर्फ ३४ प्रतिशत लाइसेन्स परीक्षामा पास भएका छन् ।

जम्मा २ हजार ६० जना परीक्षार्थीमध्ये ८ सय ६३ जना पास भएका छन् । १ हजार १ सय ७५ जना फेल भएका छन् भने २१ जना अनुपस्थित रहेका थिए । १ जना भने वीथहेल्थमा परेका छन्


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ