२०८१ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकार र डा. गोविन्द केसीबीच १० बुँदे सहमति, १३ औं दिनमा अनशन तोडे

सरकार र डा. गोविन्द केसीबीच १० बुँदे सहमति, १३ औं दिनमा अनशन तोडे


काठमाडौं-सरकार र विभिन्न माग राखेर १३ दिनदेखि अनशनरत डा. गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ । शनिबार सरकारी वार्ता टोली र डा. केसीको प्रतिनिधीमण्डलबीच पटक पटकको प्रयासपछि १० बुँदे सहमति भएको हो ।

सहमतिसँगै डा. केसीले १३ दिनदेखि जारी अनशनमा तोडेका छन् । उनले बिरामी अमनलाल चौधरीको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।

यो डा. केसीको २० औं अनशन हो । उनले चिकित्सा शिक्षा र स्वास्थ्य सेवासँग सम्बन्धित ७ बुँदे माग राखेर १३ दिनअघि धनगढीबाट अनशन थालेका थिए ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ