२०८१ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमधुमेह बारे जान्नैपर्ने १५ कुरा

मधुमेह बारे जान्नैपर्ने १५ कुरा


रगतमा चिनीको मात्रा बढी हुनु नै मधुमेह हो । ग्रन्थीमा हुने कोषहरुले उत्पादन गर्ने इन्सुलिन भन्ने पदार्थ प्यांक्रियाजमा कम उत्पादन भयो भने या उत्पादन भएको इन्सुलिनले काम गरेन भने चिनीको मात्रा बढ्छ । रगतमा चिनीको मात्रा अनियन्त्रित भएमा अन्धोपन गराउने, मृगौलाले काम गर्न नसक्ने, पक्षघात गराउने तथा हृदयरोगको पनि अत्यधिक सम्भावना हुन्छ ।

जान्नैपर्ने कुरा

  • मधुमेह लाग्नै नदिन सकिन्छ ।
  • लागिसके पनि नियन्त्रणमा राख्न सकिन्छ ।
  • नियन्त्रणमा राख्न सके दीर्घकालमा ठूलो संकट व्यहोर्नुपर्दैन ।
  • वर्षमा एकपटक रगत परीक्षण गर्नैपर्छ ।
  • लक्षणका आधारमा आफूखुसी औषधि खानुहुँदैन ।
  • मधुमेहको शंका लागेमा चिकित्सकको परामर्श लिनुपर्छ ।
  • मधुमेह लागिसकेपछि चिकित्सकको सल्लाहमा जाँच गराइरहनुपर्छ ।

खान नहुने

  • बढी गुलिया खानेकुरा ।
  • धेरै नुनिला खानेकुरा ।
  • मोटोपना बढाउने खानेकुरा ।
  • बढी चिल्लो पदार्थ भएका खाना ।
  • केरा, आँप, अंगुरजस्ता गुलिया फलफूल ।

खान हुने

  • हरियो सलाद, काँक्रो, गोलभेँडा ।
  • भिजाएका गेडागुडी ।
  • नतारेका हरिया सागसब्जी, मुला, गाजर ।

क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ