२०८१ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारहप्तामा ४ दिन नराम्रा सपना देखे स्मरणशक्तिमा गम्भिर हानीः अध्ययन

हप्तामा ४ दिन नराम्रा सपना देखे स्मरणशक्तिमा गम्भिर हानीः अध्ययन

पुरुषहरुमा ६९ प्रतिशत ,महिलाहरुमा ४१ प्रतिशत जोखिम


निदाएकाे समयमा सपना देख्नु समान्य कुरा हो ।मानिसहरु नराम्रा (डरलाग्दा) सपना देखिरहने बताउछन् । तिनै सपनाका कारण धेरै पटक निन्द्रा बाट अचानक बिउँझिने गर्छन् । एक अध्ययन अनुसार ३५ बर्ष देखी ६५ बर्षको उमेर समुहकालाई हप्तामा चारदिन नराम्रा सपना देखिएमा स्मरणशक्ति ह्रस हुने सम्भावना बढेर जाने गरेको पाइएको छ । हालै बर्मिङ्गम यूनिवर्सिटीले गरेको एक सोधका अनुसार लगातार नराम्रा सपना देखेमा गम्भिर न्यूरोलजिकल डिसअर्डर हुने भनिएको छ ।

सोधका अनुसार ७९ भन्दा बढी उमेरका मानिसहरुलाई ५ प्रतिशत मात्रै नराम्रा सपना आउँछन् । जसमा ४१ प्रतिशत महिलाहरु र ५९ प्रतिशत पुरुषहरु मा नराम्रा सपनाहरुको गहिरो असर पर्ने सोधले देखाएको छ । अध्ययानले त्यसरी खराव सपना देख्नुलाईे केन्द्रीय तत्वको एक अव्यवस्था भनेको छ । जसले दैनिक कामकाजलाई प्रभावित पार्छ ।

हातखुट्टा काँप्ने समस्या बढ्छ

सोधका अनुसार यसकाे असर मानिहरुमा हातखुट्टा काँप्ने समस्या बढ्छ । नियमित हप्तामा कम्तीमा एक पटक नराम्रो देखेको छ भने उनिहरुमा अर्को एक दशक सम्ममा चारगुण धेरै स्मरणशक्ति हानि हुने जोखिम बढ्छ । अर्को तर्फ बृद्धबृदाहरुमा नराम्रा सपना देखिए पनि उनिहरुमा स्मरणशक्ति हानि हुने संभावना दुई गुण मात्र हुने दावी गिरएकाे छ  ।
उक्त शोध ६०० मानिसमा गरिएको थियो । शोध अनुसार युवावस्था या मध्यम आयुको समयमा महिलाहरुमा नराम्रा सपना धेरै सामान्य हो , तर पुरुषहरुमा बढ्दो उमेर संगै नराम्रा सपनाहरु आउने खतरा पनि बढ्ने गर्छ ।

कम व्ययाम वा घूम्रपान बाट पनि स्मरणशक्ति हनि हुने खतराः

धेरै पटक खराब आहार ,व्यायाम को कमी ,धूम्रपान र धेरै मात्रामा रक्सी सेवन बाट पनि स्मरण शक्ति हानि हुने जोखिम हुन्छ । शुरुवाती लक्षणरु पत्ता लगाएर यसको पुरै निदान गर्न सकिने यस अध्ययन प्रमुख डाक्टर अबिदेमी ओटाइकू बताउछिन् ।

भास्करबाट भावानुवाद

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ