२०८१ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारन्यूरो सर्जन डा. रोकाले ल्याए १०८ कविता संग्रह

न्यूरो सर्जन डा. रोकाले ल्याए १०८ कविता संग्रह


विराटनगर– न्यूरो सर्जन डा. यामबहादुर रोकाको ‘१०८ कविता संग्रह’ विमोचन गरिएको छ । विराटनगरस्थित आरोहण गुरुकुलमा शनिबार वरिष्ठ कवि तथा संस्कृतिविद तुलसी दिवसको प्रमुख आतिथ्यतामा डा. रोकाको कविता संग्रहका पुस्तक विमोचन गरिएको हो ।

विमोचन गरिएको कविता संग्रहमा डा. रोकाको १०८ वटा कविता समेटिएका छन् । डा. रोकाद्वारा लिखित कविताहरु अङ्ग्रेजी भाषामा छन् । डा. रोकाले यसअघि पनि कविता संग्रहका दुई पूस्तक निकालिसकेका छन् । कविता संग्रहका कुल १२ वटा भोल्युम निकाल्ने तयारी रहेको उनले बताए । कविताले भ्रष्टाचार, कुप्रथा, गरिबी, प्रदुषण र नेपाली राजनीति सहित सामाजिक विषयवस्तु लगायतका क्षेत्रलाई समेटेको उनले बतए ।

डा. रोकाले हालसम्म साढे ८ सय बढी कविताहरु लेखिसकेका छन् । उनीद्वारा लिखित कविताहरुमा जीवनको यर्थाथ चित्रण गरिएको छ । मानव जीवनलाई उल्टो दृष्टिकोणले पनि हेर्नुपर्छ भन्ने सन्देश उनको कविताले दिएको पाईन्छ । पुस्तक विमोचन कार्यक्रममा बोल्दै संस्कृतिविद तुलसी दिवसले डा. रोकाको कविताले आफ्नो मौलिकता झल्काएको बताए ।

डा. रोकाको कविता संग्रहले कवितामाथिको गहिरो चिन्तनमाथि नयाँ सोचको शुभारम्भ गरेको बताईएको छ ।
बाल्यकालदेखि नै साहित्य सिर्जनामा झुकाव राख्ने डा. रोकाले अंग्रेजी कविता संग्रह ‘१०८ कविताको भोल्युम १ र २’ यसअघि बजारमा ल्याइसकेका छन् । डा. रोका समाजसेवा पनि सक्रिय छन् । दुरदराजका बालवालिकाको शिक्षामा पहुँच होस् भन्ने उद्देश्यले उनले जन्मस्थल बाग्लुङको स्कूललाई सहयोग गर्दै आएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ