२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाेशीमा एसवीए तालिम लिएका नर्स भन्छन्, ‘आमा र शिशु बचाउनु हाम्रो कर्तव्य हो’

काेशीमा एसवीए तालिम लिएका नर्स भन्छन्, ‘आमा र शिशु बचाउनु हाम्रो कर्तव्य हो’

कोशीबाट ७ सय ९२ जना दक्ष प्रसूतीकर्मीको (एसबीए) उत्पादन


विराटनगर -उदयपुरको स्वास्थ्य चौकीकी निलु बुढाथोकीले कोशी हस्पिटलमा दुई महिने दक्ष प्रसूती गराउने तालिम लिएपछि उनको आत्मबल बढेर गएको छ । उनले यसअघि यस्तो तालिम लिएकी थिइनन् ।

कोशी अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूती रोग विशेषज्ञ र दक्ष प्रशिक्षकहरूबाट ६० दिनको तालिम दिएपछि आफुले सुरक्षित मातृत्व सम्वन्धि समस्याको पहिचान गरी आमा र नवजात शिशुको सफल उपचारमा सहयोग पु¥याउन सक्ने आत्मबल सँगै ज्ञान हासिल गरेको सुनाइन् । ६० दिने दक्ष प्रसूती सम्बन्धी तालिमको आइतबार भएको समापन कार्यक्रममा बोल्दै निलुलले भनिन्, ‘तालिममा धेरै ज्ञान हासिल गरेका छौं । यहाँ सिकेको ज्ञान आफु कार्यरत स्वास्थ्य चौकीमा पुगेर व्यवहारमा लागू गर्नेछौं ।’

दक्ष प्रसुतीकर्मी हुनको लागि एसबीए तालिम अनिवार्य लिनुपर्दछ । तालिममा सिकेको ज्ञान आफ्नो क्षेत्रको बर्थिङ सेन्टरमा पुगेरका त्यहाँका गर्भवतीको प्रसूती गराउन लागि पर्ने तालिममा लिएपछि कार्यक्षेत्रतर्फ जाने तयारीमा रहेकी अनिता राईले बताइन् । दुई महिने तालिम लिएपछि प्रसूती गराउन धेरै कुराहरू सिकेको उनले बताइन् । ‘कतिपय स्वास्थ्य सस्थामा प्रसूती गराउने तालिमप्राप्त स्वास्थ्यकर्मी नहुँदा डाक्टर कन्ट्रयाकमा लिएर पनि डेलिभरी गराउदै आएका थिए । तालिम लिएर गएपछि बर्थिङ सेन्टरमा हुनसक्ने प्रसूती त्यही गराउने प्रयत्न गर्ने उनले सुनाइन् ।

‘सामान्य प्रसूती गराउन नसक्ने अवस्था भएको खण्डमा बिरामीको अवस्था पहिचान गरि सुविधासम्पन्न अस्पतालमा रेफर गर्नेछौं,’ उनले भनिन, ‘तालिममा धेरै कुरा सिक्ने अवसर जुटेको छ ।’ दुई महिनाको दक्ष प्रसूतीकर्मी (एसबीए) तालिम लिँदै आएकी उदयपुरको गढी स्वास्थ्य चौकीको नर्स कृष्ण कुमारी राईले पनि तालिममा सिकेको ज्ञान व्यवहारमा उतार्ने बताइन् । ‘तालिमबाट धेरै ज्ञान हासिल गरेका छौं,’ उनले भनिन्, ‘बर्थिङ सेन्टरमा कसरी नर्मल डेलिभरी गराउने, यदी नर्मल नहुँदा बिरामीको पहिचान गरेर कहाँ पढाउने त्यसको विषयमा हामीले जानकारी लिएका छौं ।’

देशभर चाहिने दक्ष स्वास्थ्यकर्मी अभावका कारण मातृ तथा शिशु मृत्युदर अपेक्षा अनुसार घट्न सकेको छैन । यहाँ तालिम लिएका नर्सहरूले दक्ष प्रसूतीकर्मी भएर गएपछि केही हदसम्म मातृ तथा शिशु मृत्युदरमा न्यूनिकरण गराउने उनीहरूको भनाई छ ।

कोशी अस्पतालमा एक वर्षमा पाँचवटा तालिम हुने गरेको छ । एउटा तालिममा १२ जना बर्थिङ सेन्टरमा काम गर्ने नर्सलाई दक्ष प्रसुतीकर्मी तालिममा सहभागि गराउने छ । यहाँ देशभरीका दुर्गम ठाउँका नर्सहरूको सहभागि हुने गरेको थियो । कोशी अस्पतालको हलमा १२ साउनदेखि तालिम भएको थियो । दक्ष प्रसुतीकर्मीको तालिम लिने अहिलेका ६६ औं व्याजका हुन् ।

६० दिनको तालिम लिएपछि देशभरीका ११ जना स्टाफ नर्सहरूलाई आइतबार समापन कार्यक्रममा प्रमाण पत्र पनि बितरण गरिएको प्रशिक्षक लजिता योन्जनले जानकारी दिइन् । सहभागिहरूलाई प्रमाणपत्र बितरण गर्दै कोशी अस्पतालका प्रसूति विभागका प्रमुख डा. अन्जु देवलले तालिममा सिकेको ज्ञान व्यवहारमा उतानुपर्ने बताइन् ।

कोशीमा २०६४ सालबाट दक्ष प्रसुतीकर्मीको तालिम सुरू छ । दक्ष प्रसुतीकर्मीको लागि प्रदेश १ मा कोशीमा मात्र तालिम हुने गरेको छ । दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्ने भएकोले यहाँ नर्सहरूको पहिलो रोजाइ पर्ने गरेको चिकित्सकहरू बताउँछन् । १४ वर्षमा कोशी अस्पतालबाट दक्ष प्रसूतीकर्मीको (एसबीए) तालिम लिएर ७ सय ९२ जना दक्ष स्वास्थ्यकर्मी उत्पादन भएर फिल्डमा खटिएको कोशीको अभिलेखमा देखिन्छ ।

एक वर्षमा ६० भन्दा बढी दक्ष भएर प्रसूती गराउन सक्ने स्वास्थ्यकर्मी उत्पादन हुने गरेको छ । एसबीए तालिमको प्रशिक्षकहरूमा कोशी अस्पतालका वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. अन्जु देव, डा. मधुमीता राभा, मन्जु यादव, रम्भा सुब्बा, लजिता योन्जन, स्वेता उपाध्यय र अन्जु खानल रहेका छन् । मन्जु तालिमको संयोजक हुन् भने भने रम्भा सह–संयोजक हुन् । स्वास्थ्यकर्मीको लागि दक्ष प्रसुतीकर्मी (एसबीए) तालिम महत्वपूर्ण स्वास्थ्यकर्मीहरूको लागि दक्ष प्रसूतीकर्मी (एसबीए) तालिम एकदमै महत्वपूर्ण रहेको प्रशिक्षक लजिता योन्जनले बताएकी छिन् ।

६० दिनको लामो हुने एसबीए तालिम प्रसुती गराउने स्वास्थ्यकर्मीहरूको लागि नभइ नहुने महत्वपूर्ण तालिम रहेको उनले बताइन् । ‘कसरी प्रसुती गराउने र आमा र बच्चाको कसरी स्यार गर्ने यो ६० दिनको तालिममा हामीले जानकारी दिनछौं । दुरदराजमा रहेका स्टाफ नर्सहरूलाई तालिम दिएका छौं । तालिम लिएपछि उहाँहरू फिल्ड बर्थिङ सेन्टरमा जानुहुन्छ । यो एसबीए तालिम लिएपछि मात्र स्वास्थ्यकर्मीहरू प्रसुती गराउन पाउनुहुन्छ,’ प्रशिक्षक योन्जनले भनिन्, ‘सरकारले पनि एक वडामा एक बर्थिङ सेन्टरको अवधारणा ल्याएको छ । त्यसैले पनि हरेक बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मी हुन जरूरी रहेको छ । तर, नेपाल सरकारअन्तर्गत दक्ष प्रसूती गराउने दक्ष स्वास्थ्यकर्मीहरू एकदमै कम्ती रहेको छ ।’

दक्ष प्रसूती उत्पादन गरेर आफ्नो ठाउँमा स्वास्थ्यकर्मी गएर मातृ तथा शिशु मृत्युदर अपेक्षा अनुसार घटउँदै लैजान उनीहरुले भूमिका खेल्ने विश्वास रहेको उनले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ