२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपोषणविद् प्राडा उमा कोइरालाका सुझाव: मासु पचाउन के गर्ने, के खाने ?

पोषणविद् प्राडा उमा कोइरालाका सुझाव: मासु पचाउन के गर्ने, के खाने ?


चाडबाडमा नेपालीहरू चिल्लो, पिरो, अमिलो र बोसोयुक्त खानेकुरा खान मन पराउने गरेको पाइन्छ । तर, तिनीहरूले मात्रा नमिलाई खादा शरीरलाई हानि गर्ने गर्दछ  । ‘यस्ता खानेकुरा सँगसँगै हरियो सागपात र ताजा फलफूल पनि सन्तुलित रूपमा खानुपर्छ । ‘बढी चिल्लो, अमिलो र पिरो खानेकुरा नखाँदा नै राम्रो हुन्छ, आफूले पचाउन सक्ने अवस्था हेरेर मात्र खानेकुरा खानुपर्छ ।

चिल्लो, अमिलो, पिरो खानेकुराले ग्याँस्ट्रिक बढाउने, टन्सिल हुनेलगायतका समस्या हुन्छ । त्यसका साथै कोलस्ट्रोल बढाउने र बोसोको मात्र बढी हुन्छ, जसका कारण अपच हुने, कब्जियत, फुड प्वाइजनजस्ता समस्या देखापर्छ न्।

घरमै तयार गरिएको ताजा जिरा, धनिया, लसुन, प्याजलगायतका मसला बनाइएको छ भने त्यसले त्यति असर गर्दैन । तर, बजारमा पाइने रेडिमेट मसलाहरूको शुद्धतामा ग्यारेन्टी गर्न नसकिने हुँदा तिनीहरूले शरीरमा मन्द विषको काम गर्छन्, त्यसैले घरमै तयार गरेको मसला खानु राम्रो मानिन्छ ।

चाडबाड भनेर जे पायो त्यही खाने प्रचलन रहेको छ, त्यस्ता चिजले शरीरलाई राम्रो गर्दैन । कतिपयमा काँचो मासु नै खाने बानी हुन्छ । त्यस्तो मासु खाँदा फुड प्वाइजनको सम्भावना बढी हुन्छ । त्यस्तो मासु खान मन परे उसिनेर खाँदा राम्रो मानिन्छ । त्यसका साथै बासी खानेकुरा खाँन हुदैन। बासी मासु खायो भने त्यसले फुड प्वाइजनको सम्भावना बढी हुन्छ ।

ताजा मासु खानु सवै भन्दा उपयुक्त हुने हुन्छ । बासी मासु खाइन्छ भने अलिकति बढी तेल र मसलामा मासु राखेर मासुमा भएको पानी सुकाउने गर्नुपर्छ । र, पातलो कपडाले छोपेर नगुम्सिने गरी सुरक्षित साथ राखेर खानुपर्छ ।

एउटा जवान मान्छेले एक दिनमा २ सय ५० ग्रामसम्म मासु खानु राम्रो हुन्छ । विश्व स्वास्थ्य संगठनले १ केजी तौल भएको मानिसलाई १ ग्राम प्रोटिन आवश्यक हुन्छ भनेको छ । २ सय ५० ग्राम खसीको मासुमा सरदर ५० देखि ५५ ग्रामसम्म प्रोटिन हुने हुँदा दैनिक त्यति मासु खाँदा फाइदाजनक नै हुन्छ ।

मधुमेह, उच्च रक्तचाप, किड्नीमा समस्या भएका र कोलस्ट्रोल बढी भएका बिरामीले बोसो नभएको मासुलाई उसिनेर मात्र खानुपर्छ । उसिनेको मासुमा हल्का जिराको धुलो र कागती राखेर खाँदा राम्रो र स्वादिष्ट हुन्छ । स्वस्थ मानिसले पचाउन सक्ने कवाफ बनाएर खाँदा रामै्र हुन्छ तर उच्च रक्तचापका बिरामी, किड्नीमा समस्या भएका र मधुमेहका रोगीहरूलाई भने त्यसले असर गर्छ ।

मासुमा धेरै बोसो हुने हुँदा त्यसले कोलस्ट्रोर बढाउने हुँदा अपच हुने, फुड प्वाइजन पनि हुन सक्छ । मासुलगायत दसैंमा प्रोटिनयुक्त खानेकुरा धेरै खाइने हुँदा मोटोपन बढ्ने, ग्याँस्ट्रिक बढ्ने समस्या हुनु सामान्य हो ।

मासु पचाउँन

दैनिक व्यायाम गर्ने, नियमित रूपमा कम्तीमा ४५ मिनेटदेखि एक घन्टासम्म हिँड्ने गरेमा खाना पचाउन सहयोग पुग्छ । ग्याँस्ट्रिक कम गर्नका लागि उसिनेको र रसयुक्त मासु खानु राम्रो हुन्छ । त्यसका साथै बढी खानाले असहज महसुस भए कागती पानी खाने, ज्वानोको झोल बनाएर खाँदा स्वास्थ्यलाई फाइदा हुन्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ