२०७९ मंसीर १९, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेशनल कार्डियाक सेन्टरमा स्वास्थ्य पत्रकारहरुको निशुल्क स्वास्थ्य परीक्षण

नेशनल कार्डियाक सेन्टरमा स्वास्थ्य पत्रकारहरुको निशुल्क स्वास्थ्य परीक्षण


काठमाडाै -स्वास्थ्य पत्रकार मञ्च नेपालको समन्वय र नेशनल कार्डियाक सेन्टरको आयोजनामा स्वास्थ्य विटमा समाचार लेख्ने पत्रकारहरुको निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

कार्डियाक सेन्टरले विश्व मुटु दिवसको सन्दर्भ पारेर कार्डियाक सेन्टरले ३० बढी स्वास्थ्य पत्रकारहरुको निशुल्क मुटु सम्बन्धी जाँच गरिदिएको हो । मुटु परीक्षण प्याकेजमा उच्च रक्तचाप, बीएमआई, इको, इसिजी, रगत जाँचहरु सुगर, कोलेस्टेरोल, थाइरोडइ लगायतका थिए ।

परीक्षण पछि बरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममुर्ती अनिलले मुटुरोगको नियन्त्रणमा स्वास्थ्य सचेतनाको भूमिका विषयक प्रस्तुति दिएका थिए । उनले मुटुरोग लाग्नुको कारण र लाग्न नदिनका लागि ध्यान दिनु पर्ने उपायका बारेमा बताएका थिए । ‘हामीले आहारमा ध्यान दिनु पर्छ र नियमित व्याम गर्नु पर्छ । मदिरा चुरोट तथा अन्य जंकफुट लाई आजै देखि छाँडिदिउँ, यसो गरेमा प्रेसर सुगर कोलेस्टेरोल बढ्न पाउँदैन्, यसबाट जोडिने मुटुरोग, मिर्गौला रोग र मस्तिष्क घात हुने जोखिम कम हुन्छ । र यसले मानिसको मृत्यु हुने, आयू घटने, शारीरिक अस्वस्थता हुने र आर्थिक भार हुने अवस्थाबाट पनि बचाउँछ,’ उनले भने ।

यस्तै अर्का मुटु विशेषज्ञ डा. अभिषेक ठाकुरले मुटुरोगको आकस्मिक अवस्था कसरी थाहा पाउने र के गर्ने भन्ने बारेमा प्रस्तुतिकरण दिएका थिए । उनको प्रस्तुतिमा हृदयघात भएको कसरी चिन्ने, बेहोस अवस्थामा पुगेर मुटुको धडकन बन्द भएमा कसरी सीपीआर दिने ? आकस्मिक अवस्थामा अरु के के प्राथमिक उपचार गर्ने विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा मञ्चका अध्यक्ष रामप्रसाद न्यौपानेले स्वास्थ्य रिपोर्टिङका खटिने स्वास्थ्य पत्रकारहरु आफै पनि नियमित स्वास्थ्य जाँच गर्न विविध कारणले नपाईरहेको अवस्थामा कार्डियाक सेन्टरबाट उपलव्ध अवसरको सदुपयोग गरेको बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)