२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडेंगु फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने औषधी नेपाल भित्रियो

डेंगु फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने औषधी नेपाल भित्रियो


काठमाडाैं-नेपालमा दैनिक रुपमा डेंगु रोगको संक्रमण बढिरहेका बेला यसलाई लगाउने लामखुट्टेको लार्भा नष्ट गर्ने किटनाशक औषधी नेपालमा भित्रिएको छ । भारतको अजय बायोटेकले निर्माण गरेको बायोडाट एम किटनाशक औषधी नेपालमा भने सफल स्वास्थ्य सेवा प्रा.लिको सहकार्यमा भित्र्याइएको हो ।

यो औषधीले लामखुट्टेको लार्भालाई नष्ट गर्ने दावी गरिएको छ । उत्पादक कम्पनी अजय बायोटेकका नेपाल प्रतिनिधी रुनाल तामाङ्गले नेपालमा औषधी ल्याएर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा संकलन गरिएका लार्भामा प्रयोग गर्दा सफल परिक्षण भएको बताए ।

उनले १ लिटर पानीमा ३५ देखि ४० ग्राम बायोडाट एम मिलाए एक हेक्टर क्षेत्रफलमा ७ दशमलव ५ किलोग्राम छर्न सकिने बताए ।

लार्भा भएको पानीमा यो औषधी हाल्दा लार्भाले त्यसलाई खाने र पचाउन खोज्दा एकप्रकारको टक्सीड निस्किएर लार्भा मर्ने त्रिभुवन विश्वविद्यालयका सह-प्राध्यापक अच्युत अधिकारीले बताए ।

विश्व स्वास्थ्य संगठनले किटजन्य वस्तु नष्ट गर्न अनुमती दिएका कारण यो प्रविधि सुरक्षित समेत रहेको अधिकारीले दावी गरे । ‘यो मृत्यु भएका जिल्लाहरुबाट निर्मित भएको हुँदा किटजन्य जीवलाई मात्र असर गर्ने वैज्ञानिक पुष्टि भएको हो,’ उनले भने, ‘यसले जीव तथा मानिसमा असर गर्दैन् ।’

यो औषधी १५ दिनको फरकमा प्रयोग गर्न सकिने उत्पादक कम्पनीको दावी छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ