२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबेलायतमा नेपाली नर्स पठाउने सन्दर्भमा ठगी गरे कारवाही हुने, कार्यन्वयन ढाँचा अन्तिम चरणमा

बेलायतमा नेपाली नर्स पठाउने सन्दर्भमा ठगी गरे कारवाही हुने, कार्यन्वयन ढाँचा अन्तिम चरणमा


काठमाडौं—श्रम, रोजगार तथा समाजिक विकास मन्त्रालयले बेलायतमा नेपाली नर्ससहितका स्वास्थ्यकर्मी पठाउने सन्दर्भमा सरकारी तवरबाटै प्रयासहरु जारी रहेको भन्दैं झुठा आश्वासन दिएर ठगी गरेको पाइएमा कारवाही गर्ने चेतावनी दिएको छ । मंगलबार मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले नेपाली नर्सहरुलाई बेलायतमा रोजगारी प्रदान गर्ने सन्दर्भमा समन्वयका नाममा विभिन्न व्यक्ति तथा संस्थाले ठगी गरिरहेको भन्ने समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्

‘नेपाली नर्सलाई बेलायतमा रोजगारी प्रदान गर्ने सन्दर्भमा विभिन्न व्यक्ति तथा संस्थाहरुले नेपाल सरकारका सम्बन्धित अधिकारीहरुसँग समन्वय गराइदिन्छु भनी झुटा आश्वासन दिई नेपाली नागरिकलाई ठगी गरिरहेको भन्ने समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ मन्त्रालयको विज्ञप्तिमा छ ।

यस्ता कार्यबाट नेपाल सरकारले लिएको सुरक्षित र व्यवस्थित आप्रवासन नीति कार्यन्वयनमा जटिलता आउने बताउँदैं मन्त्रालयले संलग्न व्यक्ति तथा संस्थाहरुबाट यस प्रकारका गैर कानुनी कार्य नगर्न नगराउनसमेत अनुरोध गरेको छ । साथै, यस्ता कार्यमा संलग्न हुनेलाई वैदेशिक रोजगार ऐन, २०६४ र अन्य सम्बद्ध कानुनअनुसार कारवाही हुने मन्त्रालयले जनाएको छ ।

अहिले नेपाल र बेलायतबीच नेपाली स्वास्थ्यकर्मी बेलायत पठाउने सम्झौता भएर दुवै सरकारका अधिकारीहरु कार्यन्वयन ढाँचामा अन्तिम गृहकार्य गरिरहेका छन् । बेलायतमा नेपाली स्वास्थ्यकर्मी पठाउँदा निःशुल्क रुपमा पारदर्शी छनोट प्रक्रियाबाट पठाइनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ