२०७९ मंसीर १९, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैदिन डेंगुबाट ४ जनाको मृत्यु, २७ हजार बढी संक्रमित

एकैदिन डेंगुबाट ४ जनाको मृत्यु, २७ हजार बढी संक्रमित


काठमाडौं—नेपालमा एकैदिन डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो १ दिनमा ४ जनाले डेंगु संक्रमणबाट ज्यान गुमाएका हुन् ।

यससँगै नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ३६ जना पुगेको छ । यसअघि मंगलबारसम्म नेपालमा डेंगु संक्रमणबाट ३२ जनाले ज्यान गुमाएका थिए ।

नेपालमा गत साउनयता नेपालमा २७ हजार ५ सय ६९ जनामा डेंगु संक्रमण भएको छ । डेंगु नेपालका ७६ जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

डेंगुबाट बागमती प्रदेशमा सबैभन्दा बढी २१ हजार ५ सय ८९ जना संक्रमित भएका छन् । लुम्बिनीमा २ हजार ५० जना, सुदूरपश्चिममा ८ सय २१ जना, प्रदेश नं. १ मा ८ सय १५ जना, गण्डकी प्रदेशमा ६ सय ५३ जना, मधेश प्रदेशमा ४ सय ५ जना र कर्णाली प्रदेशमा ३ सय ३६ जनामा डेंगु संक्रमण देखिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)