२०८१ साउन १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचार३८ जना नयाँ कोभिड–१९ संक्रमित थपिए, १ जनाको मृत्यु

३८ जना नयाँ कोभिड–१९ संक्रमित थपिए, १ जनाको मृत्यु


काठमाडौं–नेपालमा थप ३८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३८ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा ५२ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या भने ९ लाख ८६ हजार ५ सय ४७ पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमणबाट १ जनाको मृत्यु भएको छ । यसैसँगै नेपालमा अहिलेसम्म कोभिड–१९ कारण ज्यान गुमाउनेको संख्या १२ हजार १८ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ