२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदशैंका बेला फुड पोइजनिङ हुँदा घरमै के गर्ने ?

दशैंका बेला फुड पोइजनिङ हुँदा घरमै के गर्ने ?


हामीलाई मनपर्ने खाना हामी जहिले, जुनसुकै समयमा जति पनि खाने गर्छौ । यसरी खादा कहिलेकाही खाना खाएको केही समयमै अचानक वान्ता हुने, पेट दुख्नेजस्ता समस्याहरु देखिन्छन् । जसलाई हामी फुड पोइजनिङ भयो कि भन्छौं । के हो त फुड पोइजनिङ ? फुड पोइजनिङको समस्या हुँदा के गर्ने ?

सामान्यतयाः हामीले खाने खाना स्वस्थ र खाने तरिका नमिलेमा फुड पोइजनिङ हुन सक्छ । अर्को कुनै खानामा अनावश्यक कुराहरु मिसिएको छ भने त्यसले हाम्रो शरीरलाई गर्ने प्रतिक्रिया जस्तैः वान्ता हुनु, पखाला लाग्नु, हल्का ज्वरो आउनु, शरीर दुख्नु, शरीरमा साना खालका दाना आउनुजस्ता लक्षणहरु देखिनुलाई सामान्य भाषामा फुड पोइजनिङ भनिन्छ ।

के खायौं भने फुड पोइजनिङ हुन्छ ? घरमा पकाएको खानासँग हाम्रो शरीरको राम्रो सम्बन्ध भैसकेको हुन्छ । त्यसैले घरमा पकाएको खनामा त्यति धेरै रिस्क हुँदैन् । तर, फुड पोइजन बाहिरको खानाले मात्र हुँदैन्, त्यसको लागि कहिलेकाही घरकै खानामा पनि तरिका नमिलेमा पेट भरेर खायौ भने पनि फुड पोइजनिङ हुन सक्छ ।

हामीले एउटा घरमा एउटै खालको खाना १० जनाले खायौं । खाना खाएको केही समयपछि वान्ता आउने, ज्वरो आउनेजस्ता सबैलाई उस्तै खालका लक्षणहरु देखिए भने यस्तो बेला तुरुन्तै स्वास्थ्यकर्मीको सम्पर्कमा जानुपर्छ । लक्षण सामान्य भएपनि परामर्श लिएर अगाडि बढ्नुपर्छ । यस्तो समयमा के कारणले लक्षण यस्ता देखियो भन्ने कुरा जान्न एकदमै जरुरी हुन्छ । त्यसैगरी, ती १० व्यक्तिहरुमध्ये कुनै एक जनालाई मात्रै त्यस्ता लक्षणहरु देखियो भने फुडभित्र नभएर उसले खाएको खानाको तरिका नमिलेर उसलाई त्यो लक्षण देखिएको हुन सक्छ ।

फुड पोइजनिङका लक्षण देखिएमा के गर्ने ? फुड पोइजनिङ भएको व्यक्तिलाई वान्ता आयो भने वान्त हुन दिनुपर्छ, त्यसलाई रोक्ने औषधी खुवाउनु हुन्न । शरीरले अनावश्यक तत्वलाई निकाल्न खोजी हुन्छ । त्यस्तो समयमा तातो पानी खुवाउने त्यसले वान्ता हुन सहज गराउँछ । यदि वान्ता हुँदैन्जस्तो भयो । तर, शरीरलाई अप्ठ्यारो भइरहेको छ भने त्यस्तो बेला खानालाई पचाउनुपर्नै हुन्छ । त्यसको लागि जिराको झोल, धनियाको झोलहरु खानुपर्छ । तबसम्म खाना नखाने जबसम्म लक्षणहरु हराउदैँ जाँदैनन् ।

कसरी खाने ? सामान्यतयाः खाना खादा सधैं केही न केही समस्या भइहन्छ भने चिन्ता लिनुभन्दा पनि खाना थोरै र समयमा खायौं भने त्यो आफै ठिक हुँदै जान्छ । हामीले खाना खादा मन र शरीरलाई मिलाएर खानुपर्ने हुन्छ । जस्तै ः पेटलाई तीन भाग लगाउने दुई भाग खाना खाने र एक भाग खाली ठाउँ छोड्नुपर्छ ।

दशैंको समयमा विभिन्न परिकारहरु खान्छौं । ती परिकारहरु धेरै खायौ र खानाको सन्तुलन मिलेन भने पनि स्वास्थ्यमा समस्या हुन सक्छ । खानाको पकाउँदामा पनि ध्यान दिन आवश्यक हुन्छ । खानाको पाचन शक्ति कम भएका व्यक्तिहरुलाई अनावश्यक तत्व बढी भएर दीर्घकालीन रोगहरुका लक्षणहरु देखिन सक्ने हुन्छ । त्यसैले खाना स्वादको लागिभन्दा पनि जीवनका लागि खानु पर्छ ।

प्रस्तुतिः भूमिका विष्ट


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ