२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल औषधी लिमिटेडले बजारमा देखिएको सिटामोलको अभाव पूर्ति गर्न दुई सिफ्टमा उत्पादन गर्ने

नेपाल औषधी लिमिटेडले बजारमा देखिएको सिटामोलको अभाव पूर्ति गर्न दुई सिफ्टमा उत्पादन गर्ने


काठमाडौं—डेङ्गु प्रकोप उच्च बनेसँगै बजारमा सिटामोलको अभाव हुन थालेको छ । बजारमा सिटामोलको अभाव हुन थालेपछि त्यसलाई पूरा गर्नका लागि सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेड दुई सिफ्ट सिटामोल उत्पादन गर्ने भएको हो ।

‘कोभिड—१९, सिजनल फ्लू, र डेंगुका कारण बजारको देखिएको सिटामोलको अभाव सहजीकरण गर्न हामी दैनिक दुई सिफ्टमा सिटामोल उत्पादन गर्दैछौं,’ औषधी लिमिटेडका महाप्रबन्धक मोहम्मद साफीउल्लाहले भने ।

उनकाअनुसार जनसाधारणको माग सम्बोधन गर्न लिमिटेडले खुद्रा बिक्री सेवा पनि सुरु गर्ने भएको छ । ‘नेपाल औषधी लिमिटेडको सेवा दुई दिन बाहेक दशैको विदामा पनि विहान ९ बजेदेखि १ बजेसम्म सुचारु रहनेछ,’ साफीउल्लाह थपे ।

पछिल्लो समय डेंगुको प्रकोप तीब्र रुपमा बढेसँगै बजारमा सिटामोलको अभाव देखिन थालेको हो । उक्त अभावलाई पूर्ति गर्नका लागि लिमिटेडले एकै दिन दुई सिफ्टमा सिटामोल उत्पादन गर्न लागेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ