२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगंगालालमा शल्यक्रिया नगरीकनै ४ जनामा मुटुको भल्ब प्रत्यारोपण, एक वर्षमा १३७७ मुटुका शल्यक्रिया

गंगालालमा शल्यक्रिया नगरीकनै ४ जनामा मुटुको भल्ब प्रत्यारोपण, एक वर्षमा १३७७ मुटुका शल्यक्रिया


काठमाडौं—शहीद गंगालाल हृदयरोग केन्द्रमा शल्यक्रिया नगरीकनै ४ वटा मुटुका भल्ब प्रत्यारोपण गरिएको छ । बिहीबार अस्पतालमा आयोजित कार्यक्रममा कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले अहिलेसम्म गंगालालले शल्यक्रिया नगरीकनै ‘ट्रान्सक्याथर इरोटिक भल्ब इम्प्लामेन्टेसन (टिएभीआई) ४ जनाको मुटुको भल्ब प्रत्यारोपण गरिएको जानकारी दिए ।

२० फागुन २०७८ मा अस्पतालले पहिलो पटक शल्यक्रिया नगरेर मुटुको भल्ब प्रत्यारोपण गरेको थियो । गत फागुनमा पहिलो पटक अस्पतालमा ‘ट्रान्सक्याथर इरोटिक भल्ब इम्प्लामेन्टेसन (टिएभीआई)’ विधीबाट ८० वर्षीया महिलाको सफलतापूर्वक भल्ब फेरिएको गरिएको थियो । ‘उहाँको मुटुका दुवै भल्ब बन्द भएका थिए,’ उनले भने, ‘हामीले छाती नचिरीकन उहाँमा मुटुको भल्ब प्रत्यारोपण ग¥यौं ।’

त्यसपछि अस्पतालले टिएभीआई प्रविधीबाट भल्ब प्रत्यारोपण सेवालाई निरन्तरता दिएको उनले जानकारी दिए । त्यसपछि ९० वर्षीय एक पुरुष, ५७ वर्षीय भारतीय र अर्का एक जनाको यही प्रविधीबाट उपचार गरिएको हो । ‘अब गंगालालमा सबै प्रकारका उपचार हुन्छन्,’ उनले थपे ।

नेपालको प्रमुख मुटु रोग अस्पतालका रुपमा रहेको गंगालालले एक वर्षमा १ हजार ३ सय ७७ मुटुका शल्यक्रिया गरेको छ । अस्पतालले कोरनरी एन्जियोग्राम (सिएजी) ४ हजार ६०७, कोरनरी एन्जीओप्लाष्टी (पिटिसीए) २ हजार ३३, आईभीयुएस २३, पिटीएमसी २ सय ४२, इपिएस/आरएफए २६५, एएसडी डिभाइस क्लोजर २५१, पिडिए डिभाइस क्लोजर १०२, भिएसडी डिभाइस क्लोजर २३ र पेशमेकर ५२५ प्रत्यारोपण गरेको छ । यसैगरी अस्पतालमा इलेक्ट्रोकार्डियोग्राम ८७ हजार ६ सय ४७, इकोकार्डियोग्राम ५१ हजार ८ सय ३६, टिएमटी ६ हजार ९ सय ४३, फेटल इको १ हजार ५ सय १४, कारोटिड डोप्पलर ७१० र सिटी स्क्यान ४ हजार ८५ जनाको गरेको छ ।

अस्पतालमा बहिरंग सेवा १ लाख ३६ हजार ७ सय १३ जनाले लिएका छन् भने अन्तरंग सेवा ११ हजार ३ सय ४२ जनाले लिएका छन् । अस्पतालले गत वर्षदेखि गरिब तथा विपन्न वर्गका लागि नेपाल सरकारको सहयोगमा प्राइमरी एन्जीओप्लाष्टी सेवा न्यून शुल्कमा उपलब्ध गराउँदैं आएको छ भने अस्पतालमा २४ घण्टा नै यो सेवा उपलब्ध छ ।

अस्पतालले गत वर्षदेखि कार्डियाक एमआरआई मेसिन सञ्चालनमा ल्याएर १ सय बढीलाई सेवा दिइसकेको छ । वि.सं. २०५२ सालमा ९ शैय्याबाट सुरु भएको यो मुटु अस्पतालमा अहिले ३ सय ३९ शैय्या सञ्चालनमा छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ