२०७९ मंसीर १९, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअनधिकृत रुपमा अल्ट्रासाउण्ड सेवा प्रवाह गर्नेलाई कारवाही गरिने

अनधिकृत रुपमा अल्ट्रासाउण्ड सेवा प्रवाह गर्नेलाई कारवाही गरिने


काठमाडौं—नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले अनधिकृत रुपमा अल्ट्रासाउण्डको प्रयोग गर्नेलाई कारवाही गर्ने भएको छ । १४ असोजमा एमएमसीले काउन्सिलमा न्यूनतम योग्यता बिना अनधिकृत रुपमा अल्ट्रासाउण्ड सेवा प्रवाह भइरहेको गुनासो आएको भन्दैं अनधिकृत रुपमा सेवा प्रवाह गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको हो ।

काउन्सिलले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी ‘स्वास्थ्य संस्था स्थापना तथा स्तरोन्नती मापदण्ड सम्बन्धी निर्देशिका, २०७०’को दफा २३ मा उल्लेख भए बमोजिम एक्स—रे, सिटी स्क्यान, एमआरआई, अल्ट्रासाउण्डतगायतका रेडियोलोजी सेवा तथा सो को रिपोर्टिङ रेडियोलोजिष्ट मात्रै गर्न पाउने व्यवस्था छ ।

जीवन र हातगोडा बचाउने आकस्मिक अवस्थाबाहेक अल्ट्रासाउण्ड सेवा रेडियोलोजिष्ट आफै वा निजको प्रत्यक्ष निगरानीमा हुनुपर्ने व्यवस्था छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)