२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजेष्ठ नागरिकलाई गुणस्तरीय जीवनयापनका लागि सहयोग गर्नुपर्नेमा जोड

जेष्ठ नागरिकलाई गुणस्तरीय जीवनयापनका लागि सहयोग गर्नुपर्नेमा जोड


काठमाडौं—जेष्ठ नागरिकलाई स्वस्थ र सक्रिय जीवनयापनका लागि सहयोग गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । शुक्रबार ३२ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा आयोजित कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।

‘जेष्ठ नागरिक उत्थानशीलताः बदलिँदो विश्वका लागि अपरिहार्यता’ विषयक अन्तक्रियामा बोल्दैं नर्सिङ महाशाखा प्रमुख प्रा. गोमादेवी निरौलाले जेष्ठ नागरिक दिवस जेष्ठ नागरिकको सम्मानमा मनाइने बताइन् । ‘उहाँहरुको लागि गुणस्तरीय जीवनयापनको लागि सहयोग पुर्याउनुपर्छ,’ उनले भनिन्, ‘दीर्घकालसम्म स्वस्थ्य र सक्रिय जीवनयापनको लागि सहयोग गर्नुपर्छ ।’

नेपालमा २ लाख जनसंख्या ६० वर्ष माथिको रहेको उल्लेख गर्दै उनले सन् ५० सम्ममा यो बढेर ४० लाख पुग्ने बताइन् । ‘३० हजार जेष्ठ नागरिक दुर्व्यवहारको शिकार भएका छन्, उनले थपिन्, ‘अधिकांश परिवारबाट नै भएको तथ्यांकमा छ ।’

परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेकलाल कर्णले एक पटक सबैजना जेष्ठ नागरिक हुनुपर्ने भएकाले उनीहरुको गुणस्तरीय जीवनयापनका लागि उपयुक्त वातावरणमा निर्माण गर्नुपर्नेमा जोड दिए । ‘हामी सबै एक न एक दिन जेष्ठ नागरिक हुनेछौ । हाम्रो देशमा पनि जेष्ठ नागरिकको संख्या बढ्दै छ,’ उनले भने, ‘उहाँहरुको गुणस्तरीय र मर्यादित जीवनयापन गराउन सहयोग गर्नुपर्छ ।’

डा. कर्णले आयु बढ्दै जादा काममा खटिन सक्ने उमेर पनि बढ्दै गएको बताउँदैं जेष्ठ नागरिककलाई सरकारले उपलब्ध गराएका सेवा सुविधा बढाउनुपर्नेमा जोड दिए ।

वीर अस्पतालका जेरियाट्रिसियन डा. उमेश बोगटीले ५ वर्षमुनिका वालवालिकाभन्दा पनि ६० वर्षमाथिका जेष्ठ नागरिकको संख्या बढी रहेको बताए । ‘८०% जेष्ठ नागरिक अल्पविकसित देशमा छन् । अध्ययनअनुसार हरेक दुई जनामध्ये १ जेष्ठ नागरिक अहेलित छन्,’ उनले भने, ‘जेष्ठ नागरिकमा पनि महिलाहरु बढी अपहेलित छन् ।’ त्यसकारण यसलाई रोक्न जोड दिनुपर्ने उनको भनाइ थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ