२०८१ साउन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारत्रिनगर–गौरीफन्टा नाकामा भारतबाट फर्कनेको स्वास्थ्य परीक्षण

त्रिनगर–गौरीफन्टा नाकामा भारतबाट फर्कनेको स्वास्थ्य परीक्षण


धनगढी-दसैँ सुरु भएसँगै सुदूरपश्चिमको त्रिनगर–गौरीफन्टा नाकामा चहलपहल बढेको छ। भारत जानेभन्दा नेपाल फर्कने मानिसको भीड बढेपछि सीमा नाकामा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ। दैनिक करीब १ हजार भारतबाट नेपाल फर्किरहेको त्रिनगर हेल्थ डेस्कले जनाएको छ।

स्थानीय प्रशासन, स्थानीय तहलगायत अन्य संघसंस्थाले सञ्चालन गरेको हेल्थ डेस्कमार्फत उनीहरूले स्वास्थ्य परीक्षण गर्दै आएका छन्। हेल्थ डेस्कका स्वास्थ्यकर्मी दिनेश ठकुल्लाका अनुसार नाकामा कोभिड, मलेरिया र डेंगुको परीक्षणका साथै कोभिड१९ विरुद्धको खोपसँगै लगाउने काम भइरहेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ