२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमुटुलाई स्वस्थ राख्न खानपिनमा के कुरामा ध्यान दिने ?

मुटुलाई स्वस्थ राख्न खानपिनमा के कुरामा ध्यान दिने ?


दशैंमा मासुको बढी खपत हुने गर्छ । दशैको दिन प्र्रत्येक घरमा मासुका विभिन्न परिकारहरु र अन्य विभिन्न खालका परिकार बनाएर खाने चलन छ । यस्तो बेला हामीले खाइरहेका खाने कुरामा ध्यान दिन एकदमै जरुरी छ ।

खाना (आहार) मुटुलाई स्वस्थ राख्न एकदमै स्वास्थ्यवद्र्धक र रसायनमुक्त हुनुपर्छ । सात्विक भोजनले मुटुलाई स्वस्थ राख्छ । तसर्थ, मुटु, मधुमेह, कलेजो र मृगौलाको रोग सबैलाई नियन्त्रणमा राख्छ । उच्च रक्तचापबाट बचाउँछ ।

रसायनयुक्त खाना, वासी खाना, मसालेदार खाना, राजसिक खाना, मासु, मांशाहारी खाना, तामसिक आहार मुटुको लागि उकदमै बर्जित हो । यस्तै, धुम्रपान, मद्यपानले मुटुका लागि घातक हुन्छ । यस्ता खानाले मुटु मात्र नभएर हाम्रो पुरै शरीरलाई नराम्रो असर गरेको देखिन्छ ।

यदि खानैपर्यो भने माछा, अण्डा, सेतो मासु खानुपर्छ । रातो मासुभन्दा सेतो मासुलाई उत्तम मानिन्छ । धेरै कम मात्र खादा उत्तम हुन्छ । पचाउन सक्ने, कम मसालेदार र सकेसम्म माछा वा सेतो मासु खादा राम्रो हुन्छ ।

अहिले नेपालमा मुटुको स्वास्थ्यकाबारे धेरै चेतना फैलाउन अझै बाँकी छ । अहिले पनि संसारमामा र नेपालमा सबैभन्दा धेरै मानवीय क्षति मुटु रोगले नै भैइरहेको अवस्था छ ।

नेपालमा यो संख्या निरन्तर बढ्दै गएको छ । यसले मानिसको आहार, विहार र जीवनशैलीमा आएको परिवर्तन नै मुटुको स्वास्थ्यसँग जोडिएको निष्कर्ष निकाल्न सकिन्छ । नेपालमा रोगले हुने मृत्युहरुमध्ये ४० प्रतिशत मुटुको रोगले र सम्वद्ध रोगले नै हुने गरेको छ ।

चाडवाड होस् या अरु दिन हाम्रो मुटुलाई सधै स्वस्थ राख्न आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउनुपर्छ । नियमित ब्यायाम, योग, हिड्डुल र नियमित प्रशस्त पानी पिउनुका साथै स्वास्थ्य खाना खान आवश्यक छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ