२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार४० वर्ष नर्सिङ पेशामा बिताएकी ताराको दशैं अनुभवः बिरामीले टिका लगाइदिन्छु भन्दा आँखाबाट आँशु आयो

४० वर्ष नर्सिङ पेशामा बिताएकी ताराको दशैं अनुभवः बिरामीले टिका लगाइदिन्छु भन्दा आँखाबाट आँशु आयो


१८ वर्षको उमेरमा नर्सिङ पेशामा लागेकी हुन् प्रा. तारा पोखरेल । उनले आफ्नो जीवनको ४० वर्ष नर्सिङ करिअरमा बिताइन् । विभिन्न अस्पतालमा बिरामीको सेवा गरेकी उनी अहिले सेवानिवृत्त जीवन बिताइरहेकी छन् ।

निकै भावनात्मक स्वभावकी उनले सुरुमा नेपालगञ्जको भेरी अस्पतालमा काम गर्दा एउटा बच्चाको मृत्यु भएको देखेपछ बच्चाकी आमा जति नै भक्कानिएर रोएकी थिइन् । ‘म गाउँमा हुर्किएकी थिएँ । गाउँमा मान्छेको मृत्यु भयो भने केटाकेटीले हेर्नु हुन्न भन्ने थियो,’ उनले सुनाइन्, ‘हेरे पनि टाढैबाट शवलाई देखेकी थिए । मान्छे मरेको नजिकबाट कहिले देखेकी थिइन् । अस्पतालमा बच्चा आफ्नै अगाडि श्वास छोडेकाृ देख्दा मैले मानिस जीवन माग्न मन्दिर होइन्, अस्पताल धाउने रहेछन् भन्ने बुझे ।’ त्यसपछि उनले सदैव अस्पतालाई मन्दिर रुपमा लिइन् ।

यति लामो सेवा अवधिमा दशैंको रमझममाझ पनि उनी धेरै पटक अस्पतालमा बिरामी सेवामा खटिइन् । भोजपुर जिल्ला अस्पतालमा काम गर्दैगर्दा अस्पतालमा बिरामीले आज त दशैंको दिन हो भनेर सुनाएको कुरा उनलाई स्मरण भइरहन्छ । ‘ती बिरामी आमालाई नै मैले टिका लगाइदिनुहोस् भनेकी थिए,’ उनी स्मरण गर्छिन्, ‘त्यतिखेर टिकाको प्रबन्ध गर्न सकेनौं । तर, ती आमाले म टिका लगाइदिन्छु नि भन्दा आँखाबाट आँसु नै आएको थियो ।’

त्यतिखेर प्रा. तारा १९ वर्षको उकालो हिडिरहेकी थिइन् । सुरुमा वर्षहरुमा उनलाई दशैंका बेला विदा भइदिए हुन्थ्यो भन्ने लाग्थ्यो । तर, पछि विस्तारै उनले दशैं विदाभन्दा सेवालाई प्राथमिकता राख्न थालिन् । ‘विस्तारै स्वास्थ्य सेवामा कार्यरत हामीजस्ता नर्सहरुले जतिखेर पनि सेवा गर्नको लागि तयार हुनुपर्छ भन्ने बुझेपछि सहज लाग्न थाल्यो,’ उनले हेल्थ आवाजसँग भनिन् ।

उनले धेरै दशैं बिरामीहरुसँग अस्पतालमै मनाइन् । प्रोफेसर भैसकेपछि दशैं अस्पतालमै मनाएका धेरै किस्साहरु आफ्ना विद्यार्थीलाई सुनाइन् । ‘मैले आफना विद्यार्थीहरुलाई पनि आफूले भोगेका समस्याहरुसँगै त्यसलाई कसरी समाना गर्ने भन्ने कुरा सिकाए,’ उनले थपिन्, ‘अहिले नर्सिङ पेशामा लागेका भाइबहिनीहरु यो पेशालाई एउटा कर्तव्यका रुपमा लिएका छन् ।’

प्रस्तुतिः भूमिका विष्ट


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ