२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारखाल्डोभित्र भाडोमा भेटिएकी शिशुको स्वास्थ्य अवस्था जटिल, स्थानीय नेताले लिए पाल्ने जिम्मा

खाल्डोभित्र भाडोमा भेटिएकी शिशुको स्वास्थ्य अवस्था जटिल, स्थानीय नेताले लिए पाल्ने जिम्मा


भारतमा एउटा माटोको भाडोमा जीवितै पुरिएको अवस्थामा भेटिएकी एक बालिकाको स्वास्थ्य अवस्था जटिल बनेको छ । उत्तरी भारतको बेरिल्ले जिल्लाको एउटा गाँउको खाल्डोभित्र राखिएको माटोको भाडोबाट जीवितै उद्दार गरिएकी बालिकाको स्वास्थ्य अवस्था गम्भीर रहेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका हुन् । ‘उनको अवस्था स्थिर र गम्भीर छ,’ बालिकाको उपचारमा संलग्न बालचिकित्सक रबि खन्नाले भने ।

छोरी जन्मेपछि अभिभावकले माटोको भाडोमा पुरेर फालेको अनुमान प्रहरीले गरेको छ । ठूलो जनसंख्या भएको देश भारतमा लैगिक विभेद ब्याप्त देखिन्छ । महिलालाई सामाजिक रुपमा नै बिभेद गरिन्छ र गरिब समुदयामा छोरीलाई आर्थिक भारको रुपमा लिइन्छ । बालिकालाई अभिभावकले नै पुरेको हुन सक्ने प्रहरी अधिकारी अभिनन्दन सिंहले बताए । शिशुको दाबी गर्न कोही पनि नआएको उनले जानाकारी दिए ।

मृत अवस्थामा जन्मिएको एक बालिकालाई बिहीबार गाड्न लैजाने क्रममा एक गाँउलेले माटोको भाडोभित्र बालिकालाई देखेका थिए । ‘३ फिट गहिरो खाडल खन्दा बेल्चा माटोको भाडोमा ठोकिएको थियो, भाडोभित्र बच्चा रोइरहेकी थिइन । भाडो बाहिर निकाल्दा बालिका थिइन । ’ सिंहले भने ।

बालिका पाल्ने जिम्मा भाजपाका स्थानीय नेता राजेश कुमार मिश्रले लिएका छन् । तस्बिरः एजेन्सी

बालिकालाई स्थानीय सरकारी अस्पतालको शिशुवार्डमा भर्ना गरिएको थियो । ‘अस्पताल ल्याउदा उनी एक साताकी हुनुपर्छ,’ अस्पतालका चिकित्सक डा. सौरभ अन्जनले भनिन् । उनको तौल केबल १ दशमलब १ केजी भएकोले समय नपुगी जन्मिएको चिकित्सकहरुले बताएका छन् । शिशु फेला पर्दा उनको तापक्रम ३५ डिगी थियो । ३६ दशमलब ५ डिग्रीलाई सामान्य तापक्रम मानिन्छ । उनको सुगरको तह ३५ थियो । ‘उनी दुब्ली र निकै कमजोर थिइन । हामीले उनलाई तत्कालै अक्सिजन दिएर हाइपोथर्मियाको उपचार गर्यौ,’ उनले भनिन् ।

पुरिएको बच्चा कतिसमयपछि उद्दार गर्दा बाँच्छन भन्ने विषयमा विज्ञहरुका आआफ्ना अनुमान छन् । डा. अन्जानले बालिका उद्दार हुनुभन्दा तीनदेखि चार घन्टाअघि पुरिएको हुन सक्ने बताइन ।

यसैबीच, शिशुलाई पुर्ने ‘अज्ञात व्यक्ति’ बिरुद्ध प्रहरीले उजुरी गरेको छ । प्रहरीले शिशुको अभिभावकको पनि खोजी कार्य तीब्र पारेको जनाएको छ । शिशुको पाल्ने जिम्मा स्थानीय भाजपा नेताले लिएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ