२०८१ साउन १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रपति भण्डारीलाई कोभिड-१९ संक्रमण, स्वास्थ्य अवस्था सामान्य

राष्ट्रपति भण्डारीलाई कोभिड-१९ संक्रमण, स्वास्थ्य अवस्था सामान्य


काठमाडौं—राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबार गरिएको स्वाब परीक्षणमा राष्ट्रपतिलाई कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।

त्रिवि शिक्षण अस्पताल स्रोतले राष्ट्रपतिलाई कोभिड-१९ संक्रमण भएको पुष्टि ग¥यो । ‘उहाँ (राष्ट्रपति)लाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ,’ अस्पताल स्रोतले भन्यो, ‘अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य छ ।’ अस्पतालले केही समयमा राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे धारणा विज्ञप्तिमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ ।

२२ असोजमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता आउनेलगायतका समस्या देखिएपछि राष्ट्रपति त्रिवि शिक्षण अस्पताल भर्ना भएकी थिइन् । उनको शिक्षण अस्पतालमै उपचार भइरहेको छ ।

अस्पतालका चिकित्सकहरुले सोमबारसम्म राष्ट्रपतिको स्वास्थ्यमा उल्लेख्य सुधार आएको बताएका छन् । ‘सम्भवतः उहाँको भोलि डिस्चार्ज हुन्छ,’ अस्पताल स्रोतले भन्यो, ‘हामीले त्यही योजना बनाइरहेका छौं ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ