२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसिभिल अस्पतालकी २७ वर्षीया युवा चिकित्सक मृत भेटिइन्

सिभिल अस्पतालकी २७ वर्षीया युवा चिकित्सक मृत भेटिइन्


काठमाडौं—मीनभवनस्थित सिभिल सर्विस अस्पतालकी एक जना युवा चिकित्सक मृत अवस्थामा भेटिएकी छन् । ललितपुर प्रहरीका डिएसपी मनोज लामाकाअनुसार महालक्ष्मी नगरपालिका—२ इमाडोलमा डेरा गरेर बस्दैं आएकी २७ वर्षीया डा. सुस्मिता पाठक मृत भेटिएकी हुन् ।

महोत्तरीको जलेश्वर—९ सुस्मिता इमाडोलस्थित डेरामा मंगलबार दिउँसो २ बजे मृत अवस्थामा फेला परेकी हुन् । ‘दिउँसो २ बजेसम्म ढोका नखोलेपछि प्रहरी वृत्त सातदोबाटोका खबर गरेपछि सातदोबाटो, इमाडोलको प्रहरी, स्थानीय जनप्रतिधिले ढोका खोल्दा उहाँ लडिरहेको अवस्थामा मृत फेला पर्नुभएको हो,’ लामाले भने ।

त्यसपछि उनको शव पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको थियो । पाटनमा पोष्टमार्टम पश्चात उनको शव अहिले आफन्तको जिम्मा लगाइएको डिएसपी लामाले जानकारी दिए ।

डा. सुस्मिताको कोठाको खाटमा औषधी भरिएको सिरिन्ज, उपचारका क्रममा प्रयोग गरिने औषधीको खाली भाडा, दायाँ हातको हत्केलामा अर्को सिरिन्ज र बायाँ हातमा क्यानुला रहेको लामाले जानकारी दिए ।

‘घटनास्थलमा कुनै नोट भने पाइएन,’ उनले भने । प्रहरीले अहिले यस विषयमा थप अनुसन्धान जारी राखेको उनले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ