२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ५१ जना कोभिड–१९ संक्रमित थपिए, २१ जना संक्रमणमुक्त

नेपालमा थप ५१ जना कोभिड–१९ संक्रमित थपिए, २१ जना संक्रमणमुक्त


काठमाडौं–नेपालमा थप ५१ जनामा कोभिड –१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५१ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा २१ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या भने ९ लाख ८७ हजार ३ सय ९६ पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमणबाट कसैले पनि ज्यान गुमाउनु परेको छैन । नेपालमा अहिलेसम्म कोभिड–१९ कारण ज्यान गुमाउनेको संख्या १२ हजार १८ छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ