२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१६ कात्तिकसम्म अनुभव पूरा गरेकालाई एकीकृत प्रवेश परीक्षामा सामेल गर्ने व्यवस्था गर्न एनएमएको माग

१६ कात्तिकसम्म अनुभव पूरा गरेकालाई एकीकृत प्रवेश परीक्षामा सामेल गर्ने व्यवस्था गर्न एनएमएको माग


काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए)ले १६ कात्तिकसम्म अनुभव पूरा गरेका चिकित्सकहरुलाई एकीकृत प्रवेश परीक्षामा सहभागी हुने वातावरण बनाउन चिकित्सा शिक्षा आयोगसँग माग गरेको छ । बिहीबार संघका महासचिव डा. बद्री रिजालसहितको टोलीले आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई ज्ञापनपत्र बुझाउँदैं उक्त माग गरेको हो ।

आयोगले एमडी÷एमएस, एनबीएमएस र एमडीएसका लागि १६ कात्तिकसम्म एकीकृत प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ । आयोगले उक्त प्रवेश परीक्षामा खुल्लातर्फ सहभागी हुनका लागि १३ असोजसम्म कम्तिमा एक वर्षको अनुभव हासिल गरेको हुनुपर्ने मापदण्ड तोकेको छ ।

संघले चिकित्सा शिक्षाको स्नातकोत्तर कार्यक्रमको एकीकृत प्रवेश परीक्षाका लागि १६ कात्तिकसम्म एक वर्ष अनुभव पुगेकालाई सहभागी गराउन आग्रह गरेको छ ।

यस्तै, संघले आवासीय चिकित्सकहरुले विगत ४ महिनादेखि निर्वाह भत्ता प्राप्त नगरेको र नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा कार्यरत आवसीय चिकित्सकहरुले प्राप्त गरिरहेको न्यून निर्वाह भत्तालाई समेत समायानुकुल परिमार्जन गर्न माग गरेको छ । एनएमएले देशैभर आवासीय चिकित्सकहरुलाई समान निर्वाह भत्ता उपलब्ध गराउने वातावरण तयार पार्न आयोगलाई आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ