२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्टार अस्पतालद्वारा मृतक दाताको कलेजो प्रत्यारोपण सम्बन्धी सीएमई आयोजना

स्टार अस्पतालद्वारा मृतक दाताको कलेजो प्रत्यारोपण सम्बन्धी सीएमई आयोजना


काठमाडौं—सानेपास्थित स्टार अस्पतालले मृतक दाताको कलेजो प्रत्यारोपण सम्बन्धी अन्तर्राष्ट्रिय सीएमई कार्यक्रमको आयोजना गरेको छ । सोमबार ललितपुरको संखमुलस्थित यल दरबारमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घाटन पानसमा वत्ती बालेर स्टारका प्रबन्ध निर्देशक डा. शैल रुपाखेती, प्रा.डा. टिएम भाल गुलिक, प्रा. डा. सुनिलकुमार शर्मा ढकाललगायतले गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य डा. सुनिलकुमार शर्मा ढकालले दिएका थिए । उनले मृतक दाताको अंग प्रत्यारोपणबाट नेपालमै ७ जनालाई प्रत्यक्ष फाइदा पुग्ने बताए । ‘नेपालमा अहिले आँखा, मिर्गौला र कलेजो प्रत्यारोपण हुन्छ,’ उनले भने, ‘एक जना मृतकबाट कलेजो दुई जना, मिर्गौला दुई जना र आँखाको क्रोनिया दुई जनामा प्रत्यारोपण गर्न सकिन्छ । एक जना व्यक्तिबाट ७ जनालाई फाइदा पु¥याउन सकिन्छ ।’ डा. शर्मा ढकालले यसै विषयमा छलफल गरेर स्वास्थ्य मन्त्रालयलाई एउटा निष्कर्ष बुझाउने बताए ।

कार्यक्रममा मन्तव्य राख्दैं प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. आरपी विच्छाले स्टार अस्पतालले लिएको यो अग्रसरताका लागि धन्यवाद दिए । डा. विच्छाले पब्लिक, प्राइभेट पार्टनरसीप (पीपीई)अन्तर्गत मानव अंग प्रत्यारोपणमा पनि काम गर्नुपर्नेमा जोड दिए । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयको तर्फबाट प्रत्यारोपणका कार्यहरु अगाडि बढाउनका लागि कुनै नीतिगत व्यवधान आएमा आफू त्यसलाई सहजीकरण गर्ने आश्वासन दिए ।

स्वास्थ्य सचिव डा. रोशन पोखरेलले अंग प्रत्यारोपण बलियो बनाउनु राज्यको दायित्व भएको बताए । उनले मानव अंग प्रत्यारोण सम्बन्धमा नीति निर्माण तहमा कुनै समस्यामा परेमा आफू त्यसका लागि काम गर्न तयार रहेको बताए । ‘मानव अंग प्रत्यारोपण राज्यको दायित्व हो,’ उनले भने, ‘यसलाई बलियो बनाएर लैजानुपर्छ ।’ उनले स्टार अस्पतालले आयोजना गरेको कार्यक्रमबाट आउने सुझावलाई मन्त्रालयले गम्भीर रुपमा लिएर काम गर्ने बताए ।

स्टार अस्पतालका प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले मानव अंग प्रत्यारोपणमा सरकार र निजी क्षेत्र सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए । उनले कार्यक्रममा स्टार अस्पतालको निम्तोलाई मानेर सहभागी हुन देश विदेशबाट आएका पाहुनहरु पनि धन्यवाद दिए ।

आउटरिच सिएमई कार्यक्रममा वक्ताहरुका रुपमा नेदरल्याण्डका चिकित्सकद्वय प्रा. डा. केरियल पोसिएन, डा. थोमस भान गुलिक, नेपालका प्रा.डा. दिव्यासिंह शाह, प्रा.डा. जनक कोइराला, सिंगापुरका प्रा.डा. कृष्णकुमार माधवन, डा. प्रमेश सुन्दर श्रेष्ठ, डा. रोशन घिमिरे, प्रा.डा. सुधांशु केसी, प्रा.डा. सुनिलकुमार शर्मा ढकाल, डा. छेतेन योन्जन तामाङ र सिंगापुरका डा. युजिया गाओ रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ