२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ४६ जनामा कोभिड-१९ संक्रमण, १७ जना संक्रमणमुक्त

नेपालमा थप ४६ जनामा कोभिड-१९ संक्रमण, १७ जना संक्रमणमुक्त


काठमाडौं—नेपालमा थप ४६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ४६ जनामा कोभिड संक्रमण पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा १७ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८७ हजार ४ सय ४९ पुगेको छ ।

मन्त्रालयकाअनुसार मंगलबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ७ सय ३६ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ