२०८१ साउन ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचार२७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाखलाई जुकाको औषधी खुवाइदैं

२७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाखलाई जुकाको औषधी खुवाइदैं


काठमाडौं—देशव्यापी रुपमा बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार भोलि २ र  पर्सी ३ कात्तिकमा देशभरका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाउन लागिएको हो ।

६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ भने १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ सँगै जुकाको औषधी खुवाइनेछ ।

उमेर पुगेका बालबालिकालाई नजिकैको वितरक केन्द्रमा लगेर नछुटाइ भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन परिवार कल्याण शाखाका प्रमुख डा. विवेकलालले आग्रह गरे ।

उनकाअनुसार दुई दिने अभियानमा ६ महिनादेखि ५९ महिनासम्मका करिब २७ लाख बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइनेछ । यस्तै, १ वर्षदेखि ५ वर्षसम्मका २३ लाख ९३ हजार बालबालिकालाई जुकाको औषधी खुवाउने लक्ष्य राखिएको छ ।

बालबालिकालाई कुपोषण र स्वास्थ्य जटिलता जोगाउन वि.सं. २०५३ सालबाट सरकारले देशव्यापी रुपमा राष्ट्रिय अभियानकै भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाउँदैं आएको छ । हाल वर्षमा दुई पटक यो अभियान देशव्यापी रुपमा चल्ने गरेको छ ।

यस वर्ष सरकारले गत बैशाख ६ र ७ गते भिटामिन ए क्याप्सुल र जुकाको औषधी बालबालिकाहरुलाई खुवाएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ