२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमिर्गौला बिक्रीको आरोपमा अस्पतालका सिइओ, चिकित्सकसहित ५ जना पक्राउ

मिर्गौला बिक्रीको आरोपमा अस्पतालका सिइओ, चिकित्सकसहित ५ जना पक्राउ


ललितपुर— एक जना ब्यक्तिको मिर्गौला झिक्ने भनेर अर्कैको मिर्गौला झिकेर किनबेच तथा प्रत्यारोपण गरेको आरोपमा प्रहरीले ललितपुरको पुल्चोकस्थित निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ)सहित ५ जनालाई पक्राउ गरेको छ ।

बुधबार नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले मिर्गौला बेचबिखनको आरोपमा सिइओ र चिकित्सकसहित ५ जनालाई पक्राउ गरेको हो ।

‘हामीले निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत १ जना, चिकित्सक १ जना, अस्पतालका कानुनी सल्लाहकार १ जना, मिर्गौला लिने बिरामी एक जना र जिल्ला प्रशासनका शाखा अधिकृत १ जना गरी ५ जनालाई पक्राउ गरेका छौं,’ ब्यूरोका सूचना अधिकारी तथा एसपी गोविन्द थपलियाले भने, ‘उहाँहरुलाई भोलि अदालतमा उपस्थिती गराउँछौं ।’

प्रहरीकाअनुसार निदानका सिइओ विपेन्द्र प्रधान, अस्पतालका चिकित्सक डा. राजेश पन्त, अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, मिर्गौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यलय ललितपुरका शाखा अधिकृत रामचन्द्र आले पक्राउ परेका हुन् । प्रहरीले प्रत्यारोपण समितिका पदाधिकारी र मिर्गाैला ग्रहण गर्ने बिरामीलाई पक्राउ गरेकाे प्रवक्ता थपलियाले बताए ।

सूचना अधिकारी थपलियाकाअनुसार अस्पतालमा तीन महिनाअघि जिल्ला प्रशासन कार्यलय मिर्गौला प्रत्यारोपणका लागि अनुमति दिएकोभन्दा अर्कै ब्यक्ति खडा गरेर मिर्गौला प्रत्यारोपण भएको थियो । बिरामी लामाले नक्कली नाता लगाई काभ्रे घर भएका ब्यक्तिबाट मिर्गौला प्रत्यारोपणका लागि कागज बनाएका थिए । जसमा कागज मिलाइदिने काम आलेले गरेका थिए ।

मिर्गौला प्रत्यारोपणका लागि जिल्ला प्रशासनको स्वीकृती लिनुपर्छ भने लिने र दिने ब्यक्ति दुवै नातेदार हुनुपर्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ