२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वयंसेविकाबाट उच्च रक्तचापको औषधी बाँडिएको छैन : नेपाल विकास समाज

स्वयंसेविकाबाट उच्च रक्तचापको औषधी बाँडिएको छैन : नेपाल विकास समाज


काठमाडौं—नेपाल विकास समाजले आफूहरुले गरेको ‘द मुटु प्रोजेक्ट’को अनुसन्धानका क्रममा उच्च रक्तचापको औषधी महिला स्वास्थ्य स्वयंसेविकामार्फत वितरण नगरेको बताएको छ । गत बुधबार सो प्रोजेक्टको अनुसन्धान सार्वजनिकीकरणको विषयमा हेल्थआवाजले समाचार प्रकाशित गरेपछि समाजका कार्यकारी निर्देशक डा. श्वेता कोइरालाले त्यसको खण्डन हेल्थआवाजलाई पठाएकी छन् ।

जसमा उनले मुटु कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाले रक्तचाप नापेर औषधी दिने गरेको नभएर घरमा रक्तचाप नाप्ने, स्वस्थ जीवनशैलीबारे परामर्श दिने र उच्च रक्तचाप देखिएमा स्वास्थ्य प्रेषण गर्ने मात्र गरेको उल्लेख छ ।

‘हामीले सञ्चालन गरेको मुटु कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाले रक्तचाप नापेर औषधी दिने गरेका छैनन्,’ उनले भनेकी छन्, ‘खासमा महिला स्वास्थ्य स्वयंसेविकाले घरमा रक्तचाप नाप्ने, स्वस्थ जीवनशैलीबारे परामर्श दिने र रक्तचाप देखिएमा स्वास्थ्य चौकीमा प्रेषण गर्ने मात्र गरेका छन् ।’

हेल्थआवाजले तयार पारेको समाचार उक्त कार्यक्रमका वक्ताहरुको धारणा र अध्ययनको निष्कर्षमा समेटिएका कुराहरु उल्लेख गरेको थियो । तर, कार्यक्रम आयोजकहरुले भने उक्त समाचारले कन्फ्युज सिर्जना गरेको भन्दैं खण्डन पठाएका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ