२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारहरेक पाँच बालबालिकामध्ये एक जनामा इन्जाइटी, यस्ता देखिन्छन् लक्षण

हरेक पाँच बालबालिकामध्ये एक जनामा इन्जाइटी, यस्ता देखिन्छन् लक्षण


अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिवेन्सको सन् २०२१ मा प्रकाशित एक रिपोर्टमा संसारभर हरेक पाँच बालबालिकामध्ये एक बच्चामा इन्जाइटीका लक्षण पाइएका छन् । चिन्ताको कुरा यो छ कि परिवारजन यसलाई सामान्य मानिरहेका छन् ।

तर, यो नोक्सानदायक रहेको छ । यसबाट भविष्यमा बालबालिकाको मानसिक समस्यासँग जुध्नु पर्न सक्छ । पीडित बालबालिका मानिसहरुसँग मिल्ने, साथीभाइसँग घुलमिल गर्नेबाट टाढै रहन रुचाउने गर्छन् ।

कयौं बालबालिकाहरु भिडभाडमा जाने भन्ने बितिकै पेट दुखाइ, पटक—पटक पिसाब लाग्नु, टाउको दुखाइजस्ता समस्या पाइएका छन् । न्यूयोर्कमा क्लिनिकल साइकोलोजिष्ट रेचल बुसमैनकाअनुसार यसका लक्षणहरु जति चाडो पत्ता लगाउन सकियो बालबालिकालाई यो समस्याबाट बचाउन उति नै सजिलो हुन्छ ।

बेलायतको नेशनल हेल्थ सर्विसकाअनुसार बालबालिकासँग समस्या बताउनका लागि माध्यम नहुने भएकाले उनीहरुलाई यसलाई रिएक्ट गर्छन् ।

बालबालिकामा एकाग्रतामा कमी, बेडमा पिसाब गर्नु, निदाउन समस्या हुनु, खाना खान आनाकानी गर्नु, हर समय अभिभावकसँग चिप्किएर बस्नु, दैनिकी क्रियाकलाप गर्न परेशान हुनु, मानिसहरुको बीचमा घबराउनुजस्ता लक्षण देखिन्छन् ।

सोसल एन्जाइटी भएका बालबालिकाहरु बोल्न डराउँछन् भने एकदमै सानो श्वरमा बोल्छन् । वासिंगटनस्थित चिल्ड्रेन नेशनल हस्पिटलकाअनुसार सोसल इन्जाइटीबाट पीडित बालबालिकामा विभिन्न लक्षणहरु देखिन्छन् ।

जसमा स्कुल जान र मानिसहरुबीच रहन नमान्नु, मानिसहरुको बीचमा बोल्न नमान्नु र एकदमै सानो श्वरमा बोल्नु, आँखा झुकाएर अनुहार लुकाएर कुरा गर्नु, मानिसको बीचमा रहने, पर्फम गर्ने, मानिसहरुको सामुन्ने खाना खाने, क्लास रुपमा बोल्न डराउन हुन्छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ