२०८१ असार ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप २९ जनामा कोभिड-१९ संक्रमण पुष्टि, २३ जना संक्रमणमुक्त

नेपालमा थप २९ जनामा कोभिड-१९ संक्रमण पुष्टि, २३ जना संक्रमणमुक्त


काठमाडौं—नेपालमा थप २९ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २९ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा २३ जना कोभिड—१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड—१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८८ हजार ३८ पुगेको छ ।

नेपालमा मंगलबारसम्म ५ सय २८ सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ