२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएमाले घोषणापत्र : महिनावारी हुने महिलालाई प्याड खर्च १५०० रुपैयाँ उपलब्ध गराउने

एमाले घोषणापत्र : महिनावारी हुने महिलालाई प्याड खर्च १५०० रुपैयाँ उपलब्ध गराउने


काठमाडौं—नेकपा एमालेले महिनावारी हुने महिलाहरुलाई निःशुल्क स्यानिटरी प्याण्डका लागि वार्षिक १ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता गरेको छ । मंगलबार प्रतिनिधी सभा र प्रदेशसभा निर्वाचन—२०७९ का लागि एमालेले सार्वजनिक गरेको घोषणापत्र महिनावारी हुने उमेर समूहका देशभित्रका सम्पूर्ण महिलाका लागि गुणस्तरीय स्यानिटरी प्याड वा अन्य वैकिल्पक साधन खरिदका निम्ति वार्षिक १ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने उल्लेख छ ।

त्यसैगरी, ६० वर्षमाथिका सम्पूर्ण नागरिकलाई सुगर र प्रेसरको निःशुल्क जाँच र औषधी उपलब्ध गराउने, निःशुल्क वितरण हुँदै आएका औषधीको संख्या बढाइने पनि घोषणापत्रमा छ । एमालेले आफ्नो कार्यकालमा सुरु गरेका ५, १०, १५ शैय्याका अस्पतालहरु २ वर्षभित्र निर्माण सम्पन्न गर्ने जनाएको छ ।

एमालेको प्रमुख स्वास्थ्य नीति निरोगी नेपाल रहने घोषणापत्रमा उल्लेख छ । जसका लागि निरोधात्मक र प्रतिरोधात्मक दुवै पद्धति अवलम्बन गरिने र स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाइने जनाइएको छ । त्यसैगरी, स्वच्छ विचार, सकारात्मक चिन्तन, स्वस्थ खाना, नियमित व्यायामलगायतका स्वास्थ्य शिक्षाका विषयहरुमा नागरिकलाई प्रशिक्षित गर्न नागरिक स्वास्थ्य जागरण कार्यक्रम सञ्चालन गरिने एमाले घोषणापत्रमा छ ।

‘भान्सा नै औषधलाय हो, भान्सालाई विषमुक्त गरौं’ अभियान सञ्चालन गरेर आहार—विहारमा जनचेतना विकास गरिने, सबै नागरिकलाई मुलुकभित्रै प्राथमिकदेखि अति जटिल र विशिष्टीकृत स्वास्थ्य सेवाको ग्यारेण्टी गर्ने पनि एमालेले घोषणापत्रमा राखेको छ ।

पाँच वर्षभित्र सम्पूर्ण नेपालीको स्वास्थ्य बिमा गरिसक्ने महत्वकांक्षी योजनामा पनि एमाले घोषणापत्रमा परेको छ । सबै स्थानीय तहमा बाल, जेष्ठ नागरिक र मातृशिशु उपचार कक्षको अनिवार्य व्यवस्था गर्ने, राष्ट्रिय प्रत्यायन प्राधिकरण बनाएर स्वास्थ्य सेवा नियमन गरिने, निजी अस्पताल काम गर्ने चिकित्सकको सेवा, सुविधा र गुणस्तर तोकिने पनि एमालेले घोषणापत्रमा जनाएको छ ।

४० वर्षमाथिका सबै व्यक्ति र औषधी उपचार गरिरहेका सबै नेपालीको निःशुल्क नियमित स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने, सबै नेपालीको स्वास्थ्य सम्बन्धि विद्युतीय अभिलेख राख्ने र स्वदेशमै अन्तर्राष्ट्रियस्तरको गुणस्तरयुक्त औषधी र चिकित्सा उपकरण उत्पादन गर्न प्रोत्साहन गर्ने एमाले घोषणापत्रमा छ ।

एमाले घोषणा पत्र


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ