२०८१ असार ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड-१९ संक्रमित बढ्दैं, एकैदिन थपिए ५९ जना संक्रमित

कोभिड-१९ संक्रमित बढ्दैं, एकैदिन थपिए ५९ जना संक्रमित


काठमाडौं—दशैं तिहारपछि ६ जनामा झरेको कोभिड-१९ संक्रमण पुनः उकालो लाग्न थालेको छ । १४ कात्तिकमा ६ जनामा झरेको कोभिड-१९ को संक्रमण १६ कात्तिकमा ५९ जनामा पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ५९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २१ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८८ हजार ५९ पुगेको छ ।

बुधबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५ सय ५३ छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ