२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराजस्व छुटमा ल्याएका उपकरणबाट दिइने सेवामा सरकारको तोकेको दरमा १० प्रतिशत छुट दिनुपर्ने

राजस्व छुटमा ल्याएका उपकरणबाट दिइने सेवामा सरकारको तोकेको दरमा १० प्रतिशत छुट दिनुपर्ने

राजस्व छुटमा किनिएका स्वास्थ्य सामाग्रीमा ‘नेपाल सरकारबाट राजस्व छुट’ भएको भनी देखिने गरी अनिवार्य रुपमा लेख्नुपर्ने


काठमाडौं—राजस्व छुटमा ल्याएका मेडिकल उपकरणबाट प्रदान गरिने सेवामा सरकारले तोकेको दरमा १० प्रतिशत छुट दिनुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सामाग्री तथा उपकरणको आयातमा लाग्ने राजस्व छुट सिफारिस सम्बन्धको कार्यविधीमा यस्तो व्यवस्था गरिएको हो ।

सो कार्यविधीले आधारभूत अस्पताल वा १५ शैय्याभन्दा माथिका सरकारी, सामुदायिक र निजी अस्पतालहरुले मात्र स्वास्थ्य सामाग्री तथा उपकरण आयातमा छुट पाउने व्यवस्थान गरेको छ । सरकारले राजस्व छुट दिएर ल्याएका उपकरणबाट दिइने सेवाको सेवा शुल्क पनि नागरिक वडापत्र उल्लेख गर्नुपर्ने बाध्यकारी व्यवस्था राखिएको छ ।

राजस्व छुट पाउनका लागि अस्पतालको दर्ता तथा नवीकरण अनिवार्य हुनुपर्ने, सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पतालले कुल शैय्याको १० प्रतिशत गरिब, असहाय तथा विपन्न बिरामीलाई निःशुल्क उपचार गरेको हुनुपर्नेछ ।

१० प्रतिशत निःशुल्क उपचार गरेको छुट्टै अभिलेख र प्रतिवेदन मासिक रुपमा सार्वजनिक गर्नुपर्ने र मन्त्रालयलाई समेत बुझाउनुपर्ने कार्यविधीमा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयको सिफारिसमा राजस्व छुटमा किनिएका स्वास्थ्य सामाग्रीमा ‘नेपाल सरकारबाट राजस्व छुट’ भएको भनी देखिने गरी अनिवार्य रुपमा लेख्नुपर्नेछ ।

राजस्व छुटमा ल्याएका सामाग्रीहरुको अनुगमन तथा सिफारिस गर्नका लागि स्वास्थ्य मन्त्रालयको १२ औं तहका अतिरिक्त सचिवको संयोजकत्वमा ८ सदस्सीय राजस्व छुट सिफारिस अनुगमन तथा समन्वय समिति रहने व्यवस्था कार्यविधीमा गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ