२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप २५ जनामा कोभिड-१९ संक्रमण, १८ जना निको भए

नेपालमा थप २५ जनामा कोभिड-१९ संक्रमण, १८ जना निको भए


काठमाडौं-नेपालमा थप २५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २५ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १८ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८८ हजार १ सय ४५ पुगेको छ ।

मन्त्रालयकाअनुसार आइतबारसम्म सक्रिय संक्रमितको संख्या ५ सय ७० रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ