२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडामाथि हातपात

पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडामाथि हातपात


मकवानपुर—पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडामाथि मकवानपुरमा भोट माग्ने क्रममा हातपात भएको छ । मकवानपुर क्षेत्र नं. २ मा नेकपा एकीकृत समाजवादीकातर्फबाट प्रतिनिधीसभाका उम्मेदवार रहेका खतिवडामाथि एक स्थानीयले हातपात गरेका हुन् ।

मनहरी गाउँपालिका—४ मा भोट माग्न लागि पुगेका खतिवडालाई गाडीबाट ओर्लिने बितिकै स्थानीय पुरुषोत्तम खड्काले दुई झापड हिर्काएका थिए । खतिवडा नेकपा एकीकृत समाजवादी स्थायी समिति सदस्यसमेत हुन् ।

पूर्व मन्त्री खतिवडामाथि हातपात लगनै इलाका प्रहरी कार्यलय नेवारपानीले खड्कालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यलय पठाएको थियो । ‘दिउँसो २ः१० तिर मनहरी—४ मा उहाँमाथि दुर्व्यवहार भएको भनेर हामीले एकजनालाई नियन्त्रणमा लिएका छौं,’ मकवानपुर प्रहरीका डिएसपी टेकबहादुर कार्कीले हेल्थआवाजसँग भने, ‘अहिले घटनाबारे अनुसन्धान गरिरहेका छौं ।’

अन्दाजी ५० वर्षका खड्का नेकपा माओवादी केन्द्रका कार्यकर्ता रहेको बताइएको छ । पूर्व मन्त्री खतिवडा मकवानपुरमा लोकप्रिय व्यक्ति मानिन्छन् । उनले वि.सं. २०४८ सालदेखि चुनाव लडेपछि सधैं विजयी हुँदैं आएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ