२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआरुस लाइफ स्टाइल अस्पतालले मधुमेह दिवसमा वाकाथुन गर्ने

आरुस लाइफ स्टाइल अस्पतालले मधुमेह दिवसमा वाकाथुन गर्ने


ललितपुर– कुपण्डोलमा रहेको आरुस लाइफ स्टाइल अस्पतालले विश्व मधुमेह दिवसको अवसर पारेर बाकाथुन आयोजना गरेको छ । ललितपुरको मंगलबजार बाट सुरु हुने वाकाथुन काठमाडौ माइतिघर मण्डलामा आएर समापन हुने अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा सन्तोष शाक्यले जानकारी दिए ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा हुने सो कार्यक्रमको सन्देश फो के वाक फर हेल्थ, डोनेट फर कज भन्ने रहेको छ ।

खानपान, शारिरीक व्ययम र परिवर्तित जिवन शैलीले मधुमेहको जोखिम कम गराउन सकिन्छ भन्ने सन्देशको लागि यो वाकाथुन गर्न लागिएको डा शाक्यले बताए । सो कार्यक्रम मधुमेह तथा इन्डोक्राइनोलोजी एसोसिएसन अफ नेपाल, प्रज्ञा फाउन्डेसन नेपाल, साउथ एसियन फेडेरेसन अफ इन्टोक्राइन सोसाइटीज र रोटरी क्लब अफ एल को सहकार्यमा हुने अस्पतालले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ