२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअन्तर्राष्ट्रियस्तरको औषधी तथा सौन्दर्य स्टोर ‘ट्रु केयर’ संचालनमा

अन्तर्राष्ट्रियस्तरको औषधी तथा सौन्दर्य स्टोर ‘ट्रु केयर’ संचालनमा


ललितपुर—ललितपुरको एकान्तकुनामा नेपालकै पहिलो अन्तर्राष्ट्रियस्तरको औषधी तथा सौन्दर्य स्टोर संचालनमा आएको छ । शनिबार एक भव्य समारोहमामाझ वरिष्ठ मेकअप आर्टिष्ट स्नेहा राणाले ट्रु केयर फार्मेसी र ब्युटी स्टोरको उद्घाटन गरेकी हुन् ।

ट्रुकेयर फार्मेसी र ब्युटी स्टोर नेपालकै पहिलो अन्तर्राष्ट्रिय शैलीको फार्मेसी भएको आयोजनाले जनाएको छ । स्टोरबाट औषधी र औषधीजन्य उत्पादनहरुका साथै स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डका सौन्दर्य, स्वास्थ्य, फिटनेस र वेलनेस उत्पादनहरू ग्राहकहरूले एउटै छाना मुनि पाउनेछन्।

कार्यक्रममा ट्रुकेयरका प्रमुख कार्यकारी अधिकृत शाश्वत बज्राचार्यले ग्राहकको रुचि र चाहनालाई पहिलो प्राथमिकतामा राख्ने बताए । ‘ट्रुकेयर फार्मेसी र ब्यूटी स्टोरले ग्राहकहरुको अनुभवलाई उच्च प्राथमिकतामा राख्नेछ,’ उनले भने, ‘हामी नेपालीहरूले पनि अन्तर्राष्ट्रियस्तरको फार्मेसी र वेलनेस स्टोरमा सपिङ गर्न पाउनुपर्छ । नेपालमा पनि उच्चस्तरको सेवा र विश्वस्तरका उत्पादन र अनुभव प्रदान गर्न सकिन्छ भन्ने मूख्य अभिप्रायस् राखेर यो ट्रुकेयर फार्मेसी र ब्युटी स्टोर संचालनमा ल्याएका हौं ।’

बज्राचार्यले छिट्टै रिटेल आउटलेटहरूको संख्या बढाउने योजना बनाइएको जानकारी दिए । उनले नेपालको स्वास्थ्य र वेलनेस क्षेत्रमा भइरहेको प्रगति र विकास देखेर उत्साहित रहेको उल्लेख गरे । ‘ग्राहकहरुलाई यो फरक र नयाँ अनुभव हुनेछ किनभने हामी वहाँहरुलाई साँच्चिकै विश्वस्तरको सेवा प्रदान गर्न चाहन्छौं। त्यसैले हामीले हाम्रो स्टोरको नाम ट्रुकेयर (साँचो सेवा) राखेका छौं,’ उनले भने ।

ट्रुकेयर फार्मेसी र ब्युटी स्टोर एकान्तकुनामा स्विस दूतावासको छेउमा रहेको छ । स्टोर हप्ताको सातै दिन खुला रहने छ। स्टोरमा अहिले ८ जना कार्यरत रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ