२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. तोषिमाको उम्मेदवारी खारेज नगर्न भनिएको सर्वोच्चको अन्तरिम आदेशमा निरन्तरता

डा. तोषिमाको उम्मेदवारी खारेज नगर्न भनिएको सर्वोच्चको अन्तरिम आदेशमा निरन्तरता

सर्वोच्चको ब्याख्या—डा. कार्की लाभको पदमा बहाल रहेको भन्न मिल्दैन्


काठमाडौं—ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधीभासमा उम्मेदवार बनेकी डा. तोषिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशले निरन्तरता पाएको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीसद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले निर्वाचन आयोगले उम्मेदवारी खारेजीका लागि दिएको निवेदन उपर सुनुवाई गर्दै अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश दिएको हो ।

डा. कार्की निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालत गएपछि सर्वोच्चले १५ कात्तिकमा उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश दिएको थियो । सर्वोच्चको अन्तरिम आदेशपछि निर्वाचन आयोग उम्मेदवारी खारेजीको निवेदन लिएर सर्वोच्च पुगेको थियो ।

तर, सर्वोच्चले निर्वाचन आयोगको निवेदनमा नयाँ निर्णय दिन अस्वीकार गर्दै पछि पूर्ण सुनुवाईका अवस्थामा निवेदकले उठाउका कानुनी प्रश्नहरुको निरुपण हुने भएकाले अहिले अन्तरिम आदेश बदर गर्न नपर्ने आदेश दिएको हो । सर्वोच्चले डा. कार्की सरकारी लाभको पदमा बहाल रहेको भन्न नमिल्ने समेत उल्लेख गरेको छ ।

डा. तोषिमाले नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यका रुपमा बैठक भत्ता र अनुगमन वापतको १ लाख ३६ हजार ५ सय रुपैयाँ लिएको देखिएको सर्वोच्चको आदेशमा छ ।

१२ कात्तिकमा आयोगले डा. कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ