२०८३ असार १४, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य सेवा विभागका महानिर्देशक र भरतपुर अस्पतालका प्रमुखलाई विभागीय कारवाही गर्न निर्वाचन आयोगको पत्र

स्वास्थ्य सेवा विभागका महानिर्देशक र भरतपुर अस्पतालका प्रमुखलाई विभागीय कारवाही गर्न निर्वाचन आयोगको पत्र


काठमाडौं—निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दैं स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहलाई विभागीय कारवाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ । आयोगले महानिर्देशक डा. सिंहसँगै भरतपुर अस्पतालका प्रमुख डा. कृष्ण पौडेललाई पनि शेवाशर्त सम्बन्धि विभागीय कारवाही गरी जानकारी गराउन मन्त्रालयलाई भनेको हो ।

आयोगले आचारसंहिता लागु भएपछि कर्मचारीहरुको सरुवा गरेको, व्हील चेयर र अन्य सामाग्री वितरण गरेको, भरतपुर अस्पतालका डा. प्रसन्न नापितलाई विभागमा ल्याएको, रमाना दिएकोलगायतका निर्वाचन आचारसंहिता विपरित काम गरेको जनाएको छ ।

यस विषयमा विभागका महानिर्देशक डा. सिंहले मन्त्रालयले पठाएका कर्मचारीहरुको विभागले व्यवस्थापन गरेको र सो निर्वाचन आचारसंहिता लाग्नु अगाडिकै विषय भएको दावी गरे ।

‘यो विषयमा मन्त्रालयले आयोगलाई जवाफ दिइसकेको छ,’ उनले भने, ‘आचारसंहिता लाग्नु अगाडि नै मन्त्रालयले पठाएका कर्मचारीहरु काममा पठाइएको हो ।’

कर्मचारीहरु भने डा. सिंहले आचारसंहिता लागु भएपछि केही शाखा प्रमुखहरु समेत परिवर्तन गरेको दावी गरिरहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ